ترجمة سورة الجاثية

الترجمة النيبالية

ترجمة معاني سورة الجاثية باللغة النيبالية من كتاب الترجمة النيبالية.
من تأليف: جمعية أهل الحديث المركزية .

१) हा. मीम.,
२) यस किताबको अवतरण अल्लाहको तर्फबाट भएको हो, जो अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
३) निःसन्देह आकाशहरू र धरतीमा ईमानवालाहरूका निम्ति धेरै निशानीहरू छन् ।
४) र तिम्रो संरचनामा पनि र जनावरहरूमा पनि, जसलाई त्यसैले फैलाउँछ, विश्वास गर्नेहरूको निम्ति धेरै निशानीहरू छन् ।
५) र रात र दिनको फेरबदलमा पनि, र त्यस रोजी (जीविका)मा पनि जसलाई अल्लाहले आकाशबाट अवतरित गरेर उसद्वारा धरतीलाई त्यसको मृत्यु भइसके पश्चात जीवित पार्दछ र वायुहरूको परिवर्तनकालमा पनि ती मानिसहरूका निम्ति धेरै निशानीहरू छन् जो बुद्धिमान छन् ।
६) यी अल्लाहका आयतहरू हुनु, हामीले उनीहरूलाई सत्यताको साथ सुनाइराखे छौं । अब अल्लाह र त्यसका आयतहरू पश्चात अन्य कुन कुरो छ जसमा उनीहरूले विश्वास गर्नेछन् ।
७) प्रत्येक झूठा गुनहगारलाई ‘‘वैल’’ सत्यानाश छ,
८) जुन अल्लाहका आयतहरूलाई सुन्दछ जुन पढेर सुनाइन्छ तर घमण्ड गरी यस्तो जिद गर्छ, मानौं तिनलाई सुनेकै छैन, त यस्ता व्यक्तिहरूलाई दुःखदिने यातनाको शुभसमाचार सुनाइदेऊ ।
९) र जब हाम्रा केही आयतहरूबारे उनीहरूलाई थाहा हुन्छ, तब तिनका उपहास गर्दछन्, यस्ता व्यक्तिहरूको निम्ति अपमानजनक यातना छ ।
१०) उनीहरूको पछाडि नर्क छ, र जुन काम उनीहरूले गरिरहे, उनीहरूको कुनै पनि काम आउँनेछैन, र न ती नै जसलाई उनीहरूले अल्लाह बाहेक पूज्य बनाएका थिए । र उनीहरूको निम्ति ठूलो यातना छ ।
११) यो (कुरआन) सर्वथा मार्गदर्शन हो । र जुन मानिसले आफ्नो पालनकर्ताका आयतहरूलाई इन्कार गरे, उनीहरूको निम्ति अत्यन्त कष्टदायक यातना छ ।
१२) त्यो अल्लाह नै हो जसले समुन्द्रलाई तिम्रो वशीभूत गरिदिएको छ, ताकि उसको आदेशले त्यसमा डुङ्गाहरू चलुन्, र ताकि तिमीले उसको उदार अनुग्रह खोजः र यसकारण कि तिमी कृतज्ञता देखाऊ ।
१३) जे–जाति कुरा आकाशहरूमा छन् र जे–जाति धरतीमा छन्, त्यसले ती सबैलाई आफ्नो तर्फबाट तिम्रो अधिकारमा लगाइराखेको छ । निश्चय नै यसमा ती मानिसहरूको निम्ति निशानीहरू छन्, जसले बुद्धिले काम लिन्छन् ।
१४) मोमिनहरूलाई भनिदेऊः कि ‘‘जुन मानिसहरूले अल्लाहको (नराम्रो) दिनको आशा गर्दैनन् उनीहरूलाई क्षमा गरिदेऊन् ताकि महान अल्लाहले उनीहरूलाई उनीहरूको आफ्नो कमाईको प्रतिफल देओस् ।’’
१५) जसले राम्रो कर्म गर्दछ, त्यसले आफ्नो निम्ति गर्नेछ र जसले नराम्रो कर्म गर्दछ त त्यसको हानि त्यसैले बेहोर्नु पर्नेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्कनेछौ ।
१६) निश्चय नै हामीले बनी इस्राईलको सन्तानलाई किताब र हुकूमत र पैगम्बरी प्रदान गरेका थियौं । उनीहरूलाई पवित्र जीविका पनि प्रदान गर्यौं र संसारमाथि उनलाई श्रेष्ठता प्रदान गर्यौं ।
१७) र उनीहरूलाई धर्मको बारेमा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं, अनि उनीहरूले जुन विवाद गरे, (त्यो) ज्ञान आइसके पश्चात आपसी ज्यादतीको कारणले गरे । निश्चय नै तिम्रो पालनकर्ता कियामतको दिन उनीहरूबीच ती कुराको बारेमा फैसला गरिदिनेछ, जसमा उनीहरू आपसमा विवाद गरिराखेका छन् ।
१८) अनि हामीले तिमीलाई धर्मको खुला मार्गमा स्थापित गर्यौं, तसर्थ त्यसैको अनुशरण गर र अज्ञानीहरूको इच्छाहरूको पछि पछि नलाग्नु ।
१९) यिनीहरू अल्लाहको सामु तिम्रो कुनै काम आउने छैनन्, अत्याचारीहरू एक अर्काका मित्र हुन्छन् र अल्लाह परहेजगारहरूको मित्र हो ।
२०) यो (कुरआन) मानिसहरूको निम्ति हिक्मतको कुरा हो, जसले विश्वास गर्दछन् उनीहरूको निम्ति मार्गदर्शन र दयालुता हो ।
२१) जसले नराम्रो कर्म गर्दछन्, के उनीहरूले यो ठान्दछन्, कि हामीले उनीलाई ती मानिसहरू जस्तो बनाइदिन्छौं, जसले विश्वास गरे, र असल कर्म गरिरहे (र) उनीहरूको जीवन र मृत्यु एकनास हुनेछ ? यिनीहरूले जो निर्णय गर्दछन् ती सबै नराम्रा छन् ।
२२) र अल्लाहले आकाशहरू र धरतीलाई संतुलनको साथ सृष्टि गर्यौ र यसकारण, कि प्रत्येक व्यक्तिलाई उसको कमाईको प्रतिफल दिइयोस्, र उनीमाथि अत्याचार गरिने छैन ।
२३) के तिमीले त्यस व्यक्तिलाई पनि देख्यौ ? जसले आफ्नो हवसलाई उपास्य बनाइहाल्यो ? अल्लाहले ज्ञानको बावजूद उसलाई मार्गबिचलनमा पारिदियो, र उसका कान र हृदयमाथि ठप्पा लगाइदियो र उनीको आँखाहरूमाथि आवरण हालिदियो । अब अल्लाह पश्चात कसले उसलाई मार्गमा ल्याउन सक्छ ? के तिमीले शिक्षा ग्रहण गर्दैनौ ?
२४) र उनीहरूले भन्दछन्ः कि ‘‘हाम्रो जीवन त मात्र सांसारिक जीवन नै हो । हामी मर्दछौं, जिउँदछौ र बाँच्दछौं । र हामीलाई त मात्र जमाना नै विनष्ट गर्दछ ।’’ उनीहरूको पासमा यसको कुनै ज्ञान छैन, उनीहरूले त मात्र अटकलबाजी गर्दछन् ।
२५) र जब उनीहरूको सामु हाम्रा स्पष्ट आयतहरू पढिन्छन, त उनीहरूको यही हुज्जत (प्रमाण) हुन्छ कि यदि साँचो हौ भने हाम्रा बाबु बाजेलाई ल्याऊ ।
२६) भनिदेऊः कि ‘‘अल्लाहले नै तिमीलाई जीवन प्रदान गर्दछ, अनि तिमीलाई मृत्यु दिन्छ, अनि तिमीलाई कियामतको दिन, जसको आउनुमा सन्देह छैन, एकत्रित गर्नेछ, तर धेरैले जान्दैनन् ।’’
२७) र आकाशहरू र धरतीको बादशाही अल्लाहकै हो । र जुन दिन कयामतको घटना घटित हुनेछ त्यसदिन असत्यवादीहरू नोक्सानीमा हुनेछन् ।
२८) तपाई हेर्नुहुनेछ कि प्रत्येक समूह घुँडा टेकिनिहुरी राखेछन् । प्रत्येक समूह आफ्नो किताबतिर बोलाइनेछन् । ‘‘आज तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जो तिमीहरू गर्दथियौ ।’’
२९) यो हाम्रो किताबले तिम्रो बारेमा सत्यलाई वर्णन गरिदिनेछ । निश्चय नै हामीले लेखाउँदै आइरहेका छौं, जुन कि तिमीले गर्ने गर्दथ्यौ ।
३०) अतः जुन मानिसहरूले विश्वास गरे र उनीहरूले असल कर्म गरे उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुतामा प्रवेश गराउनेछ, यही नै स्पष्ट सफलता हो ।
३१) र जसले कुफ्र गरे, (उनीहरूसित भनिनेछ कि) के हाम्रा आयतहरू तिमीलाई पढेर सुनाइन्नथे ? तर तिमीले घमण्ड गर्यौ र तिमीहरू अपराधी मानिसहरू नै थियौ ।
३२) र जब भनिन्थ्यो कि अल्लाहको वचन बिल्कुल्लै सत्य हो र कियामतमा कुनै सन्देह छैन, त तिमी भन्दथ्यौ कि हामीलाई थाहा छैन कि कियामत के हो ? हामीलाई त मात्र कल्पना जस्तो प्रतीत हुन्छ र हामी विश्वासै गर्दैनौं ।
३३) (त्यस बेला) उनीहरूको कर्महरूको अवैधता जाहेर भइहाल्यो र उनीहरूले जुन कुरो गर्दथे ती कुराले उनीहरूलाई घेरिहाल्यो ।
३४) र भनिनेछ कि जुन प्रकार तिमीले यस दिनको अउने कुरालाई बिर्सिराखेका थियौ, त्यसै प्रकार आज हामीले पनि तिमीलाई बिर्सिदिने छौं, र तिम्रो बास्स्थान नर्क हो र कोही तिम्रो सहायक छैन् ।
३५) यो यस कारण हो कि तिमीले अल्लाहको आयतहरूलाई मजाक ठानेका थियौ र संसारिक जीवनले तिमीलाई भ्रममा पारेको थियो । आज यी मानिसहरू न त नर्कबाट निकालिनेछन् र न उनीहरूको प्रायश्चित स्वीकारिनेछ ।
३६) अतः सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो आकाशहरूको पालनकर्ता र धरतीको पालनकर्ता र सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
३७) आकाशहरू र धरतीमा उनकै सर्वोच्चता र महानता छ । र ऊ अधिपत्यशाली अत्यन्त तत्वदर्शी छ ।
سورة الجاثية
معلومات السورة
الكتب
الفتاوى
الأقوال
التفسيرات

سورةُ (الجاثية) من السُّوَر المكية، وقد جاءت ببيانِ اتصاف الله بكمال العِزَّة والحِكْمة، والقدرة والعدل؛ ومن ذلك: قيامُه بجَمْعِ الخلائق يوم القيامة، والفصلِ بينهم على أعمالهم في يوم مَهُولٍ تجثو فيه الناسُ على رُكَبِها، وفي ذلك حثٌّ على صدق العمل في الدنيا؛ فاللهُ مُحْصٍ كلَّ عمل؛ عظُمَ أو صغُرَ، وجاءت السورة بتذكيرِ اللهِ خَلْقَه بنِعَمِه عليهم، والردِّ على الدَّهْريين.

ترتيبها المصحفي
45
نوعها
مكية
ألفاظها
488
ترتيب نزولها
65
العد المدني الأول
37
العد المدني الأخير
37
العد البصري
37
العد الكوفي
37
العد الشامي
37

* قوله تعالى: {وَقَالُواْ مَا هِيَ إِلَّا حَيَاتُنَا اْلدُّنْيَا نَمُوتُ وَنَحْيَا وَمَا يُهْلِكُنَآ إِلَّا اْلدَّهْرُۚ وَمَا لَهُم بِذَٰلِكَ مِنْ عِلْمٍۖ إِنْ هُمْ إِلَّا يَظُنُّونَ} [الجاثية: 24]:

عن أبي هُرَيرةَ رضي الله عنه، عن النبيِّ صلى الله عليه وسلم، قال: «كان أهلُ الجاهليَّةِ يقولون: إنَّما يُهلِكُنا الليلُ والنهارُ، وهو الذي يُهلِكُنا ويُمِيتُنا ويُحْيِينا، فقال اللهُ في كتابه: {وَقَالُواْ مَا هِيَ إِلَّا حَيَاتُنَا اْلدُّنْيَا نَمُوتُ وَنَحْيَا وَمَا يُهْلِكُنَآ إِلَّا اْلدَّهْرُۚ} [الجاثية: 24]، قال: فيسُبُّون الدَّهْرَ، فقال اللهُ تبارَكَ وتعالى: يُؤذِيني ابنُ آدَمَ؛ يسُبُّ الدَّهْرَ، وأنا الدَّهْرُ، بِيَدي الأمرُ، أُقلِّبُ الليلَ والنهارَ». "الصحيح المسند من أسباب النزول" (1 /183).

* سورة (الجاثية):

اختصَّتْ سورةُ (الجاثية) بذكرِ لفظ (جاثية)، الذي يتعلق بيوم القيامة وأهواله، يوم تجثو الناسُ على رُكَبِها من الفزع؛ قال تعالى: {وَتَرَىٰ كُلَّ أُمَّةٖ جَاثِيَةٗۚ كُلُّ أُمَّةٖ تُدْعَىٰٓ إِلَىٰ كِتَٰبِهَا اْلْيَوْمَ تُجْزَوْنَ مَا كُنتُمْ تَعْمَلُونَ} [الجاثية: 28].

* سورة (الشَّريعة):

سُمِّيت بهذا الاسم؛ لوقوع لفظ (شريعة) فيها، ولم يقَعْ في غيرها من القرآن؛ قال تعالى: {ثُمَّ جَعَلْنَٰكَ عَلَىٰ ‌شَرِيعَةٖ مِّنَ اْلْأَمْرِ فَاْتَّبِعْهَا وَلَا تَتَّبِعْ أَهْوَآءَ اْلَّذِينَ لَا يَعْلَمُونَ} [الجاثية: 18].

1. مصدر القرآن الكريم، وإثباتُ وَحْدانية الله (١-٦).

2. جزاء المكذِّبين بآيات الله (٧-١١).

3. التذكير بنِعَم الله على عباده (١٢-١٥).

4. نِعَمُه الخاصة ببني إسرائيل، وإنزالُ الشرائع (١٦-٢٠).

5. عدلُه في المحسِنين والمسِيئين (٢١-٢٣).

6. الرد على الدَّهْريِّين (٢٤-٢٧).

7. من مَشاهد يوم القيامة (٢٨-٣٧).

ينظر: "التفسير الموضوعي لسور القرآن الكريم" لمجموعة من العلماء (7 /161).

إثباتُ صِفَتَيِ العِزَّة والحِكْمة لله عز وجل؛ فمن كمال عِزَّته وحِكْمته: جمعُ الخلائق يوم القيامة للفصل بينهم، وجزاؤُهم على أعمالهم، بعد أن بيَّن لهم طريقَيِ الخير والشر، وأقام الحُجة عليهم.

واسمُ السورة دالٌّ أتمَّ الدلالة على هذا المقصد، و(الجاثية) اسمٌ من أسمائها يدل على هولِ ما يحصل فيها.

ينظر: "مصاعد النظر للإشراف على مقاصد السور" للبقاعي (2 /476).