ترجمة سورة يس

الترجمة النيبالية

ترجمة معاني سورة يس باللغة النيبالية من كتاب الترجمة النيبالية.
من تأليف: جمعية أهل الحديث المركزية .

१) यासीन
२) कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको,
३) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ,
४) सोझो मार्गमा हुनुहुन्छ ।
५) (यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।
६) ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् ।
७) उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् ।
८) हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् ।
९) र हामीले उनीहरूको अगाडि एउटा परदा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँपिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् ।
१०) र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् ।
११) तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डर्छ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् ।
१२) निःसन्देह हामीले मूर्दाहरूलाई जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं ।
१३) र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनको पासमा (अनेकौ) पैगम्बर आए ।
१४) जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’
१५) उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’
१६) ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीतिर पठाइएका हौं ।
१७) र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो ।
१८) उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन मान्यौं अतः तिमी मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ ।
१९) ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी नसिहत गरिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ ।
२०) (यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’
२१) यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् ।
२२) ‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’
२३) के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् ।
२४) अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु ।
२५) म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याइहालें, अतः मेरो कुरा सुन ।’’
२६) आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए,
२७) कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’
२८) त्यस पश्चात उसको समुदायमाथि हामीले आकाशबाट कुनै सेना उतारेनौं र हामीले यसप्रकार उतार्ने पनि गर्दैनौं ।
२९) त्यो त मात्र एउटा प्रचण्ड चित्कार थियो । सो उनीहरू सबै एक्कासी निभिहाले ।
३०) अफसोच छ (यस्ता) सेवकहरूमाथि ! कि जो रसूल पनि उनीहरूको पासमा आयो, उनीहरूले उसको उपहास गरे ।
३१) के उनीहरूले देखेनन् कि उनीहरूभन्दा पहिला कति नस्लहरूलाई हामीले नष्ट गर्यौं, अब तिनीहरू उनीतिर फर्केर आउनेछैनन् ।
३२) जति पनि समूह छन् सबै हाम्रै, सम्मुख उपस्थित गराइनेछन् ।
३३) र एउटा निशानी उनीहरूको लागि सुख्खाभूमि हो । हामीले त्यसलाई जीवित पार्यौं र त्यसबाट अन्न उब्जायौं, जसबाट यिनीहरू खान्छन् ।
३४) र हामीले त्यसमा खजूर र अँगूरहरूको बगैंचाहरू पैदा गर्यौं र त्यसमा हामीले झरना जारी गरिदिएका छौं ।
३५) ताकि मानिसहरूले त्यसका फल खाउन् र उनका हातहरूले त्यसलाई बनाएको होइन अनि फेरि किन उनीहरूले आभार प्रकट गर्दैनन् ?
३६) अति पवित्र छ अल्लाह जसले सबैको जोडी सृष्टि गर्यो, चाहे त्यो माटोमा उमारिएका कुराहरू होउन्, र स्वयम् तिनीहरूका (अस्तित्वका) चिन्हहरू होउन् चाहे ती वस्तुहरू होउन् जसबारे तिनीहरू जान्दैनन् ।
३७) र उनीहरूको लागि एउटा निशानी रात हो । जसबाट हामीले दिनलाई तानिहाल्छौं, अनि त्यसबेला उनीहरू एक्कासी अँध्यारोमा पर्न जान्छन् ।
३८) र सूर्य आफ्नो निर्धारित मार्गमा हिँडिराख्छ । यो निर्धारित गरिएको हो, अधिपत्यशाली, सर्वज्ञानी अल्लाहको तर्फबाट ।
३९) र चन्द्रको हामीले ठाउँहरू निर्धारित गरेका छौं, यहाँसम्म कि फर्केर (घट्दा–घट्दै) पूरानो हाँगाको जस्तै भइहाल्छ ।
४०) न सूर्यबाट नै यो हुनसक्छ कि उसले चाँदलाई गएर समातिहालोस् र न रात नै दिनभन्दा पहिला आउन सक्छ । र सबै आफ्ना परिधिमा आकाशमा घुमिराखेका छन् ।
४१) र एउटा निशानी उनीहरूको लागि यो छ कि हामीले उनीहरूका संततिलाई भरिएको डुङ्गामा सवार गर्यौं ।
४२) र उनीहरूको निम्ति उसैको सदृश्य अरु पनि यस्ता कुराहरू सृष्टि गर्यौं, जसमाथि उनीहरू सवार हुन्छन् ।
४३) र यदि हामीले चाहेको भए उनीहरूलाई डुबाई दिन्थ्यौं, अनि नत उनीहरूको कोही याचना सुन्नेवाला हुनेछ र न उनलाई बचाइन्थ्यो ।
४४) तर हामी आफ्नो तर्फबाट दया गर्दछौं र एक निश्चित समयसम्म तिनीहरूलाई फाइदा दिइरहन्छौं ।
४५) र जब उनीहरूसित भनिन्छ कि पहिलाका र पछि हुने पापहरूबाट बाँच, ताकि तिमीमाथि दया गरियोस् ।
४६) र उनीहरूको पासमा उनीहरूको पालनकर्ताका निशानीहरूमध्ये कुनै पनि निशानी यस्तो आएन जसबाट उनीहरू बेवास्ता नगरे ।
४७) र जब उनीसित भनिन्छ कि, ‘‘जुन जीविका तिमीलाई अल्लाहले दिएकोछ, त्यसमध्येबाट केही (दान) खर्च गर ।’’ त यी काफिरहरू मोमिनहरूसित भन्दछन्ः कि ‘‘हामीले ती मानिसहरूलाई किन खुवाउने, जसलाई यदि अल्लाहले चाहेको भए स्वयम् खुवाइदिन्थ्यो ? तिमी त स्पष्ट भूलमा छौ ।’’
४८) तिनीहरू भन्दछन्ः ‘‘कि यदि तिमी साँचो हौ भने बताऊ त्यो वचन कहिले पूरा हुनेछ ?’’
४९) यिनीहरूले त एउटा ठूलो चित्कारको प्रतीक्षामा छन्, जसले उनीहरूलाई (त्यस अवस्थामा) आई समात्नेछ जब कि यिनीहरू एकआपसमा झगडा गरिराखेका हुनेछन् ।
५०) फेरि त्यस बेला यिनीहरूले नत इच्छापत्र गर्न सक्नेछन् र नत आफ्ना घरवालाहरूतिर फर्कन सक्नेछन् ।
५१) र सूर (सिंगा) फूँकिने बित्तिकै यिनीहरू सबै आफ्ना चिहानहरूबाट (निस्केर) आफ्नो पालनकर्तातिर दगुर्नेछन् ।
५२) भन्नेछन्ः ‘‘हाय–हाय कसले हामीलाई निद्राबाट जगाइदियो ? यही हो जसको रहमानले वचन दिएको थियो । र रसूलहरूले साँचो कुरा भनेका थिए’’ ।
५३) अनि एउटा ठूलो चित्कार हुनेछ । त उनीहरू सबै एक्कासी हाम्रो सामु उपस्थित गराइहालिने छन् ।
५४) यस दिन कुनै व्यक्तिमाथि कुनै पनि अन्याय हुनेछैन र तिमीलाई प्रतिफलको रूपमा त्यही प्राप्त हुनेछ जुन तिमीले गर्दै आइरहेका थियौ ।
५५) स्वर्गवालाहरू आजको दिन कुनै नकुनै काममा व्यस्त भई आनन्द लिइराख्नेछन् ।
५६) उनीहरू र उनका पत्नीहरू पनि छाँयामा पलंगहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
५७) त्यहाँ उनीहरूको निम्ति हरप्रकारका फलहरू हुनेछन् । र उनीहरू जे चाहन्छन् उपलब्ध हुनेछ ।
५८) दयावान् पालनकर्ताको तर्फबाट उनीहरूमाथि सलाम भनिनेछ ।
५९) र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।
६०) हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।
६१) र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।
६२) र शैतानले त तिमीहरूमध्ये धेरै प्राणीलाई पथभ्रष्ट गरिदियो के तिमीसँग बुद्धि थिएन ?
६३) यो त्यही नर्क हो जसको तिमीलाई वचन दिइएको थियो ।
६४) (तसर्थ) ‘‘तिमीले गरेको कुफ्रको बदला प्राप्त गर्न आज यसमा (नर्कमा) प्रवेश गरिहाल ।’’
६५) आज हामीले उनका मुखहरूमा छाप लगाइदिनेछौं र जेजति यिनीहरूले गर्दै आएका थिए, उनीहरूका हातले हामीसित वर्णन गर्नेछन्, र उनका खुट्टाहरू साक्षी बन्नेछन् ।
६६) यदि हामीले चाहेको भए उनका आँखाहरू नष्ट (गरेर अन्धा) गरिदिने थियौं । फेरि उनीहरू बाटोतिर दौडिरहन्थे तर उनीहरूले कसरी देख्न सक्दथे ?
६७) र यदि हामीले चाहेको भए उनीहरूको ठाउँमै उनीहरूको रूप बिगार्न सक्थ्यौं, अनि त्यहाँबाट उनीहरू न अगाडि जान सक्छन् न पछाडि फर्कन सक्नेछन् ।
६८) र जसलाई हामीले दीर्घायु दिन्छौं, उसलाई उसको जन्मको अवस्थामा फर्काइदिन्छौं । के तिनीहरूले तैपनि बुझ्दैनन् ?
६९) न हामीले यस नबीलाई कविता सिकाएका छौं र न यो उसको लागि सुहाउँछ । यो त मात्र नसीहत (उपदेश) र स्पष्ट कुरआन हो ।
७०) ताकि उसले त्यस्ता सबैलाई सचेत गरिदेओस् जो जीवित छन् । र काफिरहरूमाथि दुष्कर्म प्रमाणित भइजाओस् ।
७१) के उनीहरूले देखदैनन् ? कि हामीले उनीहरूको निम्ति आफ्नो हातबाट बनाइएका कुराहरूमध्ये चौपाया बनायौं र जसको अब उनीहरू स्वामी भएका छन् ।
७२) र ती पशुहरूलाई हामीले उनीहरूको आज्ञापालक बनाइदियौं, जसमध्ये केही त उनीहरूको लागि सवारीको रूपमा छन् र तिनीहरूमध्ये केहीका मासु उनीहरूले खान्छन् ।
७३) र उनीहरूको निम्ति तिनीहरूमा अरु कैयन् लाभ छन् र पेय पदार्थ पनि । त के तिनीहरूले कृतज्ञता प्रकट गर्दैनन् ?
७४) र उनीहरूले अल्लाहलाई छाडि अरुलाई पूज्य बनाउँछन् ताकि त्यसबाट उनीहरूलाई मद्दत पुगोस् ।
७५) यद्यपि तिनीहरूले उनीहरूको मद्दतको क्षमता राख्दैनन्, तापनि मुश्रिकहरू उनीहरूको (बहुदेबवादीको) फौजको रूपमा उपस्थित छन् ।
७६) अतः उनीहरूको कुराले तपाईंलाई शोकाकूल नगरुन् । यिनीहरूले जेजति लुकाउँछन् र जेजति प्रकट गर्दछन्, हामीलाई राम्रोसँग प्रत्यक्ष, परोक्ष सबै थाहा छ ।
७७) के मानिसलाई यति पनि ज्ञान छैन कि हामीले उसलाई पानीको थोपाबाट सृष्टि गर्यौं ? अनि त्यो प्रत्यक्ष झगडालु बनिहाल्यो ।
७८) र उसले हाम्रो बारेमा तुलना गर्नथाल्यो र आफ्नो पैदाइश (सृष्टि) लाई बिर्सिहाल्यो । भन्नथाल्यो किः (जब) ‘‘हाडहरू सडिगलि सक्नेछन् तब यिनलाई कसले जीवित गरिसक्नेछ ?’’
७९) तपाईं जवाफ दिनुस् किः ‘‘उनीहरूलाई उसले जीवित पार्नेछ, जसले उनीहरूलाई पहिलो पटक सृष्टि गरेको छ, जो प्रत्येक सृष्टिलाई राम्ररी जान्दछ ।
८०) उही हो जसले तिम्रो निम्ति हरियो वृक्षबाट आगो पैदा गरिदियो । त तिमीले त्यसद्वारा आगो सल्काउँछौ ।’’
८१) जसले आकाशहरू र जमिनलाई सृष्टि गरेको छ, उसलाई सामथ्र्य छैन कि उनीहरू जस्तै फेरि सृष्टि गरिदेओस् ? किन होइन, जब कि त्यो महान् स्रष्टा अत्यन्त ज्ञानवान छ ।
८२) उसको गरिमा यो हो कि जब उसले कुनै कुराको (सृष्टि गर्ने) इच्छा गर्दछ तब उसले यति भन्नु पर्याप्त हुन्छ कि, ‘‘भइहाल’’ ! अनि त्यो भइहाल्छ ।
८३) अतः पवित्र छ त्यो अल्लाह, जसको हातमा प्रत्येक कुराको पूरा अधिकार छ । र उसैतिर तिमी फर्केर आउनेछौ ।
سورة يس
معلومات السورة
الكتب
الفتاوى
الأقوال
التفسيرات

سورةُ (يس) من السُّوَر المكِّية، جاءت بمقصدٍ عظيم؛ وهو إثباتُ صحَّة رسالة النبي صلى الله عليه وسلم: {إِنَّكَ لَمِنَ اْلْمُرْسَلِينَ} [يس: 3]، وكذا إثباتُ صحة ما جاء به من عندِ الله عزَّ وجلَّ؛ فهو خلاصةُ الرُّسل والرسالات وخاتَمُهم، كما جاءت السورةُ - على غِرار السُّوَر المكية - بإثباتِ وَحْدانية الله عزَّ وجلَّ، وإثباتِ البعث والجزاء، وتقسيمِ الناس إلى: أبرارٍ أتقياء، ومجرِمين أشقياء، وقد جاء في فضلِ سورة (يس) أحاديثُ كثيرة لم يثبُتْ منها شيء، إلا حديث: «مَن قرَأَ {يسٓ} في ليلةٍ ابتغاءَ وجهِ اللهِ، غُفِرَ له» أخرجه ابن حبان (٢٥٧٤).

ترتيبها المصحفي
36
نوعها
مكية
ألفاظها
731
ترتيب نزولها
41
العد المدني الأول
82
العد المدني الأخير
82
العد البصري
82
العد الكوفي
83
العد الشامي
82

* قوله تعالى: {وَنَكْتُبُ مَا قَدَّمُواْ وَءَاثَٰرَهُمْۚ} [يس: 12]:

عن عبدِ اللهِ بن عباسٍ رضي الله عنهما، قال: «كانت الأنصارُ بعيدةً مَنازِلُهم مِن المسجدِ، فأرادوا أن يَقترِبوا؛ فنزَلتْ: {وَنَكْتُبُ مَا قَدَّمُواْ وَءَاثَٰرَهُمْۚ} [يس: 12]، قال: فثبَتُوا». أخرجه ابن ماجه (٦٤٤).

* قوله تعالى: {أَوَلَمْ يَرَ اْلْإِنسَٰنُ أَنَّا خَلَقْنَٰهُ مِن نُّطْفَةٖ فَإِذَا هُوَ خَصِيمٞ مُّبِينٞ ٧٧ وَضَرَبَ لَنَا مَثَلٗا وَنَسِيَ خَلْقَهُۥۖ قَالَ مَن يُحْيِ اْلْعِظَٰمَ وَهِيَ رَمِيمٞ ٧٨ قُلْ يُحْيِيهَا اْلَّذِيٓ أَنشَأَهَآ أَوَّلَ مَرَّةٖۖ وَهُوَ بِكُلِّ خَلْقٍ عَلِيمٌ ٧٩ اْلَّذِي جَعَلَ لَكُم مِّنَ اْلشَّجَرِ اْلْأَخْضَرِ نَارٗا فَإِذَآ أَنتُم مِّنْهُ تُوقِدُونَ ٨٠ أَوَلَيْسَ اْلَّذِي خَلَقَ اْلسَّمَٰوَٰتِ وَاْلْأَرْضَ بِقَٰدِرٍ عَلَىٰٓ أَن يَخْلُقَ مِثْلَهُمۚ بَلَىٰ وَهُوَ اْلْخَلَّٰقُ اْلْعَلِيمُ ٨١ إِنَّمَآ أَمْرُهُۥٓ إِذَآ أَرَادَ شَيْـًٔا أَن يَقُولَ لَهُۥ كُن فَيَكُونُ ٨٢ فَسُبْحَٰنَ اْلَّذِي بِيَدِهِۦ مَلَكُوتُ كُلِّ شَيْءٖ وَإِلَيْهِ تُرْجَعُونَ} [يس: 77-83]:

عن سعيدِ بن جُبَيرٍ، عن ابنِ عباسٍ رضي الله عنهما، قال: «إنَّ العاصَ بنَ وائلٍ أخَذَ عَظْمًا مِن البَطْحاءِ، فَفَتَّهُ بيدِه، ثم قال لرسولِ اللهِ صلى الله عليه وسلم: أيُحيِي اللهُ هذا بعدما أرَمَ؟ فقال رسولُ اللهِ صلى الله عليه وسلم: «نَعم، يُمِيتُك اللهُ، ثم يُحيِيك، ثم يُدخِلُك جهنَّمَ»»، قال: «ونزَلتِ الآياتُ مِن آخرِ (يس)». "الصحيح المسند من أسباب النزول" (1 /174).

* سورةُ (يس):

سُمِّيت سورة (يس) بهذا الاسم؛ لافتتاحها بهذا اللفظِ، ولم يثبُتْ لها اسمٌ آخر.

* جاء في فضلِ سورة (يس) أحاديثُ كثيرة لم يثبُتْ منها شيء، إلا ما ورد مِن أنَّ مَن قرأها في ليلةٍ مبتغيًا وجهَ الله غُفِر له:

عن جُندُبِ بن عبدِ اللهِ رضي الله عنه، قال: قال رسولُ اللهِ صلى الله عليه وسلم: «مَن قرَأَ {يسٓ} في ليلةٍ ابتغاءَ وجهِ اللهِ، غُفِرَ له». أخرجه ابن حبان (٢٥٧٤).

1. القَسَمُ بالقرآن الكريم، وحالُ النبي صلى الله عليه وسلم مع قومه (١-١٢).

2. قصة أصحاب القَرْية (١٣-١٩).

3. الرَّجل المؤمن يدعو قومه لاتباع المرسلين (٢٠-٣٢).

4. بعض آيات من قدرة الله (٣٣-٤٤).

5. إعراض الكفار عن الحق (٤٥-٤٧).

6. إنكار المشركين البعثَ والساعة (٤٨-٥٤).

7. جزاء (٥٥-٦٨).

8. الأبرار المتقون (٥٥-٥٨).

9. المجرمون الأشقياء (٥٩-٦٨).

10. إثبات وجود الله سبحانه وتعالى، ووَحْدانيته (٦٩-٧٦).

11. إقامة الدليل على البعث والنشور (٧٧-٨٣).

ينظر: "التفسير الموضوعي لسور القرآن الكريم" لمجموعة من العلماء (6 /299).

مقصدُ سورةِ (يس) هو إثباتُ صحة رسالةِ النبي صلى الله عليه وسلم، والأمرُ بتصديقِ النبي صلى الله عليه وسلم وما جاء به، الذي هو خالصةُ المرسَلين وخاتمُهم، وجلُّ فائدةِ هذه الرسالة إثباتُ الوَحْدانية لله، والإنذارُ بيوم القيامة، وإصلاحُ القلب الذي به صلاحُ الدنيا والدِّين.

ينظر: "مصاعد النظر للإشراف على مقاصد السور" للبقاعي (2 /390).