ترجمة سورة النّمل

الترجمة النيبالية

ترجمة معاني سورة النّمل باللغة النيبالية من كتاب الترجمة النيبالية.
من تأليف: جمعية أهل الحديث المركزية .

१) ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।
२) मोमिनहरूको निम्ति मार्गदर्शन र शुभसूचना ।
३) जो नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र आखिरतमा विश्वास गर्दछन् ।
४) जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् हामीले उनीहरूको कर्म उनीहरूको लागि शोभायमान बनाइदिएका छौं । अतः तिनीहरू भौतारिदै छन् ।
५) यिनै मानिसहरू हुन्, जसको निम्ति ठूलो यातना छ र उनीहरू नै आखिरतमा पनि ठूलो नोक्सानी भोग्नेछन् ।
६) निश्चय नै तपाईलाई एउटा ठूलो तत्वदर्शी ज्ञानवानको तर्फबाट कुरआन सिकाइदैछ ।
७) स्मरण गर जब ‘‘मूसाले’’ आफ्नो घरवालासित भनेः कि मैले आगो देखेको छु । मैले त्यहाँबाट कुनै सूचना वा सल्किराखेको आगोको डल्लो तिम्रो पासमा लिएर आउँछु, ताकि तिमीले आफूलाई न्यानो पार ।
८) जब ‘‘मूसा’’ त्यसको नजिक आए तब आवाज दिइयो कि त्यो जुन कि यस आगोमा छ, ऊ धन्य छ र जो यसको आसपासमा छ उसलाई बरकत (उपहार) दिइएको छ ! र अल्लाह उच्च र महान छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
९) हे मूसा सुन ! म नै हूँ अल्लाह, अधिपत्यशाली र तत्वदर्शी सम्पन्न ।
१०) तिमीले आफ्नो लठ्ठी फ्यांक । जब मूसा ले त्यसलाई हल्लिराखेको सर्प जस्तो देख्नु भयो त पिठ्युँ पर्काई भागे र पछाडि फर्केर पनि हेरेनन् । (आवाज आयो) हे मूसा ! नडराऊ, निःसंदेह रसूलहरू मेरो पास डराउने गर्दैनन् ।
११) तर जसले अपराध गरे अनि त्यस नराम्रो कुरा पश्चात असल कर्म गर्दछन् भने त्यस नराम्रो कामपछि त म पनि क्षमादाता, दयावान छु ।
१२) र आफ्नो हात आफ्नो काँखामा राख । त्यो बिना कुनै खराबीको उज्जवल भएर निस्किनेछ । यी नौ ‘‘९’’ निशानीहरू लिएर फिरऔन र त्यसको जाति समुदायतिर जाऊ । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू हुन् ।
१३) जब उनको पासमा आँखा खुल्ला गर्ने हाम्रा स्पष्ट निशानीहरू पुगे, त भन्न थालेः कि यो त स्पष्टरूपमा जादू हो ।
१४) उनीहरूले अत्याचार र घमण्डको कारण इनकार गरे जबकि उनीका हृदयले विश्वास गरिसकेका थिए । तसर्थ हेर्नुस् कि ती उप्रदव गर्नेहरूको परिणाम के भयो ?
१५) र हामीले निश्चय नै ‘‘दाऊद’’ र ‘‘सुलैमानलाई’’ ज्ञान प्रदान गरेका थियौं । र उनी दुवैले भने कि सम्पूर्ण प्रशंसा अल्लाहको लगि छ जसले हामीलाई आफ्नो धेरैजसो ईमानवाला दासहरूको दाँजोमा श्रेष्ठता प्रदान गर्यो ।
१६) र ‘‘दाऊदको’’ उत्तराधिकारी सुलैमान (अलहिस्सलामै) भए र उनले भनेः कि हे मानिसहरू ! हामीलाई पंक्षीहरूको बोली सिकाइएको छ र हामीलाई हरेक (जरुरी) कुरामध्येबाट प्रदान गरिएकोछ । निःसन्देह यो स्पष्टरूपले अल्लाहको कृपा हो ।
१७) ‘‘सुलैमानको’’ सामु उनका सबै फौज जिन्न र मनुष्य र पंक्षीहरूबाट एकत्र गरिए र उनीहरूको किसिम अनुसार दर्जा निर्धरित गरिएको थियो ।
१८) जब उनी कमिलाहरूको बैंसीमा पुगे त एउटा कमिलाले भन्योः कि हे कमिलाहरू आ–आफ्नो दूलोहरूमा प्रवेश गरिहाल, यस्तो नहोस् कि ‘‘सुलैमान’’ र उसको फौजले तिमीहरूलाई कुल्चिहालुन् र उनीलाई थाहा पनि नहोस् ।
१९) उनको यस कुरामा उनी(सुलैमान) हाँसिहाले र भन्न थालेः कि हे पालनकर्ता ! मलाई शक्ति देऊ जुन कृपा तिमी ममाथि र मेरा आमा बाबुमाथि गरेका छौ, त्यसप्रति कृतज्ञाता ज्ञापन गरूँ र यस्ता असल काम गरूँ कि त्यसबाट तिमी प्रसन्न भइहाल र मलाई आफ्नो कृपाले आफ्नो असल दासहरूमा प्रवेश गराइहाल ।
२०) उनले पंक्षीहरूको जाँचपडताल गरे, तब भन्नाथाले के कारण छ कि म ‘‘हुदहुद’’ चरालाई देख्दिन, के वास्तवमा त्यो यहाँ छैन ?
२१) निश्चितरूपले म उसलाई कठोर दण्ड दिनेछु वा त्यसलाई जब्ह गरिहाल्नेछु वा मेरो अगाडि (अनुपस्थितिको) कुनै स्पष्ट कारण प्रस्तुत गरोस् ।
२२) केही समय मात्र बितेको थियो, कि ‘‘हुदहुद’’ आइपुग्यो र भन्न थाल्योः कि मलाई एउटा यस्तो कुरो थाहा भएछ, जुन तपाईलाई थाहा छैन । म ‘‘सबा’’ (शहरबाट) तपाईको पासमा एउटा विश्वासनीय सूचना लिएर आएको छु ।
२३) मैले एउटी यस्ती स्त्रीलाई देखें जो मानिसहरूमाथि शासन गर्छे । र उसलाई हरेक कुराबाट केही नकेही प्राप्त छ र उसको सिंहासन पनि बडो गरिमामय छ ।
२४) मैले देखेको छु, कि उसले र उसको जातिबन्धुहरूले अल्लाहलाई छाडि सूर्यलाई ढोग्ने गर्दछन्, र शैतानले उनीहरूका कर्महरूलाई उनीहरूको लागि राम्रो बनाइदिएको छ र उनीहरूलाई सत्य मार्गबाट विचलित गरिराखेको छ । अतः उनीहरू सीधा मार्ग पाइराखेका छैनन् ।
२५) कि अल्लाहलाई नै ढोग्ने गरुन् जो अकाशहरू र धरतीमा लुकेको कुराहरूलाई प्रकट गर्दछ र तिम्रो अदृश्य र प्रकट कर्महरू जान्दछ ।
२६) अल्लाह बाहेक कोही पूजाको योग्य छैन, उही नै सर्वाेच्च सत्तासन (अर्श) को स्वामी हो ।
२७) सुलैमानले भनेः अब हामी हेर्नेछौं कि तिमीले साँचो भनेका छौ वा तिमी झूठा हौ ।
२८) मेरो यो पत्र लिएर जाऊ र यसलाई उनीहरूको अगाडि प्रस्तुत गरिदेऊ अनि उनीहरूबाट अलग भएर हेर, कि उनीहरूले के जवाफ (प्रतिक्रिया) दिन्छन् ।
२९) उसले (रानीले) भनिन् कि हे दरबारबारीहरू ! मलाई एउटा प्रतिष्ठित पत्र पठाइएको छ ।
३०) त्यो सुलैमानको तर्फबाट आएको छ र त्यो क्षमा दिने अल्लाहको नामबाट शुरु हुन्छ जो बडो कृपाशील तथा अत्यन्त दयावान छ ।
३१) कि मसित अट्टेरिपना नगर र आज्ञाकारी बनी मेरो पासमा आऊ ।
३२) उसले भनी कि हे सरदारहरू ! मेरो कुराहरूमा मलाई परामर्श देऊ । म कुनै कुराको निर्णय गर्दिन जबसम्म तिमीहरूको सल्लाह र उपस्थिति हुँदैन ।
३३) उनीहरू सबैले भनेः कि हामी सक्षम र शक्तिशाली छौं र हामीलाई ठूलो युद्धक्षमता प्राप्त छ । आदेश दिनु तपाईको अधिकारमा छ, अतः तपाईले विचार गर्नुस् कि तपाईले के आदेश दिनुहुनेछ ।
३४) उसले भनी कि सम्राट जब कुनै बस्तीमा प्रवेश गर्दछन् तब त्यसलाई नष्ट गरिदिन्छन् र त्यहाँका प्रभावशाली व्यक्तिहरूलाई अपमानित गरेर छाड्छन् । र यिनीहरूले पनि यस्तै नै गर्नेछन् ।
३५) मैले उनीहरूतिर एउटा उपहार पठाउँदैछु, अनि हेर्नेछु कि दूतले के उत्तर लिएर फर्कन्छ ।
३६) जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख ।
३७) तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् ।
३८) (सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् ।
३९) जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ ।
४०) एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ ।
४१) (सुलैमानले) भनेः कि यस सिंहासनमा केही परिवर्तन गर जसबाट यो थाहा होस् कि उसले बाटो (सही बाटो) पाउँछे वा सही बाटो नपाउनेहरूको समूहमध्येको हुनेछे ।
४२) अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यहि जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ ।
४३) र अल्लाह बाहेक जसलाई पूजा गर्दथी तिनले उनलाई रोकिराखेका थिए । निःसन्देह त्यो एउटा इन्कार गर्नेवाला समूहमध्येकी थिई ।
४४) अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
४५) र हामीले ‘‘समूदतिर’’ उसको भाइ ‘‘सालेहलाई’’ पठायौं, कि तिमी सबै अल्लाहको पूजा गर तर तिनीहरू दुई समूहमा विभाजित भई आपसमा झगडा गर्नथाले ।
४६) (सालेहले) भनेः कि हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी भलाईभन्दा अगाडि नराम्रोतिर किन शीघ्रता देखाइराखेका छौ ? र तिमी अल्लाहसित क्षमा किन माग्दैनौं, ताकि तिमीमाथि दया गरियोस् ।
४७) उनीहरूले भन्नथालेः कि हामी त तिमी र तिम्रा साथीहरूलाई हाम्रो लागि अपशगुन देखिराखेका छौं । (सालेहले) भनेः कि तिम्रो अपशगुन अल्लाहको नजिक छ, बरु तिमीहरू त सजायमा परिसकेका मानिसहरू हौ ।
४८) र यस शहरमा नौं जना जथ्थेदार मानिस थिए, जसले देशमा उपद्रव गर्नेगर्दथे र सुधार गर्दैनथे ।
४९) उनीहरूले आपसमा शपथ खाइखाइकन् प्रतीज्ञा गरे, कि रातीमा नै हामी सालेह र उसको घरवालाहरूमाथि छापा मार्नेछौं, अनि उसको उत्तराधिकारीहरूसित भन्ने छौं कि हामी त उसको घरवालाहरूको विनाश हुने ठाउँमा जाँदैगएनौ, र हामी सत्य कुरा भन्दछौं ।
५०) र उनीहरूले एउटा गुप्त चाल चले र हामीले पनि एउटा चाल चल्यौं तर उनीहरूलाई थाहै भएन ।
५१) तसर्थ अब हेरिहालः उनीहरूको धोकाको परिणाम कस्तो भयो । हामीले उनीहरूलाई र उनको जाति समुदाय सबैलाई नष्ट पारिहाल्यौ ।
५२) यी उनका घरहरू हुन् जो उनीहरूको अत्याचारको कारणले रिक्त भएका छन् । जुन मानिसहरू ज्ञानी छन्, उनीहरूको निम्ति यसमा ठूलो निशानी छ ।
५३) र हामीले उनीहरूलाई जसले ईमान ल्याएका थिए र संयमी थिए बचाइहाल्यौं ।
५४) र ‘‘लूतलाई’’ पनि पठायौं, जब उनले आफ्नो समुदायसित भनेः कि तिमीहरू जानिबुझी किन व्यभिचार गर्दछौ ।
५५) यो के कुरा छ के तिमी स्त्रीहरूलाई छाडी आफ्नो वासना प्राप्तिको निम्ति पुरुषहरूको पासमा जान्छौ ? बरु साँचो यो छ कि तिमीहरू साह्रै अज्ञानी काम गर्दैछौ ।
५६) अनि उनको जातिका मानिसहरूको उत्तर यस बाहेक अरु केही थिएन कि उनीहरूले भनेः लूतका घरवालाहरूलाई आफ्नो बस्तीबाट बाहिर निकालिदेऊ, यिनीहरू त धेरै पवित्र बन्न चाहन्छन् ।
५७) अन्ततः हामीले उनलाई र उनका घरवालाहरूलाई, बचाइहाल्यौ उनकी स्त्री बाहेक, जसको लागि हामीले नीयत गरिदिएका थियौ कि, ऊ पछि पर्नेहरूमध्ये हुनेछे ।
५८) र हामीले उनीमाथि एउटा (विशेष खालको) वर्षा वर्षायौ र त्यो सचेत गरिसकिएको लागि साह्रै नराम्रो वर्षा थियो ।
५९) तपाई भनिदिनुस् कि सबै प्रशंसा अल्लाहको लागि छ र उसका विशिष्ट भक्तहरूमाथि सलाम र शान्ति छ, जसलाई उसले रोजिहाल्यौ । के अल्लाह राम्रो छ, वा उनीहरू जसलाई तिनीहरूले साझेदार ठहराइराखेका छन् ?
६०) भन त आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो, र कसले आकाशबाट पानी वर्षायो, फेरि त्यसबाट हराभरा बगैचाको सृष्टि गर्यो, यो बगैचाका वृक्षहरू उमार्नु तिम्रो लागि सम्भव थिएन । के अल्लाहको साथमा कोही अरु पूज्य छ ? होइन, बरु तिनीहरू नै सत्यमार्गबाट टाढिंदैछन् ।
६१) कसले धरतीलाई स्थिर गरेर बस्ने ठाउँ बनायो, र उसको बीचमा नहरहरू बगायो, र उसको लागि पहाडहरूको सृष्टि गर्यो र (जसले) दुई समुन्द्रहरूको बीचमा तगारो बनायो ? त के अल्लाहको साथमा अरु कोही पूज्य पनि छ ? बरु तिनीहरूमध्ये धेरैले केही बुझ्दैनन् ।
६२) कसले व्यग्रको गुहार सुन्दछ, जब त्यसले उसलाई गुहार्दछ र व्यथा हटाइदिन्छ र तिमीलाई धरतीमा शासक बनाउँदछ ? के अल्लाहको साथमा अरु कोही पूजनीय छ ? (होइन) तिमीहरूले धेरै कम उपदेश र शिक्षा प्राप्त गर्दछौ ।
६३) कसले तिमीलाई जङ्गल र समुद्रको अँध्यारोमा बाटो देखाउँछ र हावाहरूलाई आफ्नो दया गर्नुभन्दा अगाडि़ शुभसन्देश दिन चलाउँछ ? अनि के अल्लाहको साथमा अरु कोही पूजनीय पनि छ जसलाई यिनीहरूले साझेदार बनाउँछन् ? अल्लाह उच्च र महान छ ।
६४) को हो जसले पहिलो प्राणीहरूको सृष्टि गर्दछ, अनि उसको पुनरावृत्ति गर्नेछ र को हो जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दैछ, त के अल्लाहको साथमा अरु कोही पूज्य छ ? (होइन) भनिदिनुस् कि यदि तिमी साँचो हौ भने प्रमाण पेश गर ।
६५) भनिदिनुस् कि जो आकाशहरू र धरतीमा छन्, अल्लाह बाहेक कोही अन्तरयामी छैन उनीहरू त यो पनि जान्दैनन् कि कहिले उठाइनेछन् ।
६६) बरु आखिरतको विषयमा उनको ज्ञानको अन्त्य भइसकेको छ । बरु यिनीहरू यसबाट सन्देहमा छन्, बरु उनीहरू यसबाट अन्धा छन् ।
६७) काफिरहरूले भनेः कि के जब हामी, र हाम्रो बाबुबाजे माटो भइहाल्छौं, तब के फेरि हामी (चिहानबाट) निकालिने छौं ?
६८) यो वाचा हामीसित र हाम्रा बाबु बाजेसित त धेरै पहिलादेखि नै भइराखेको छ । यी त पूर्वजहरूका कथा मात्र हुन् ।
६९) भनिदिनुस्ः कि धरतीमा घुमफिर त गरेर हेर कि अपराधीहरूको परिणाम कस्तो भयो ?
७०) तपाई उनीहरूको लागि दुःखी नहुनुस् र उनीहरूको दाउघातहरूबाट पनि दुःखी नहुनुस् ।
७१) र भन्दछन्ः कि यदि सत्य हौ भने, त यो वाचा कहिले पूरा हुनेछ बताइदिनुस् ?
७२) जवाफ दिनुस् ! कि जुन कुराहरू (यातना) को निम्ति तिमीले शीघ्रता गरिराखेका छौ, शायद त्यसमध्येबाट केही तिम्रो नजिकमा आइसकेका छन् ।
७३) निःसन्देह तपाईको पालनकर्ता त मानिसहरूमाथि ठूलो दया गर्नेवाला छ, तर यिनीहरूमध्ये धेरैले कृतज्ञता व्यक्त गर्दैनन् ।
७४) र निःसन्देह जुन कुराहरू उनको छातीमा लुकेको हुन्छ र जुन काम उनीहरूले प्रकट गर्दछन्, तपाईको पालनकर्ता ती (सबै) जान्दछ ।
७५) आकाशहरू र धरतीमा लुकेको कुनै पनि यस्तो कुरा छैन जुन स्पष्ट र खुल्ला किताबमा मौजूद नहोस् ।
७६) निःसन्देह यो कुरआनले बनी इस्राईलको अगाडि ती धेरै कुराहरू, जसमा उनीहरूले विवाद गर्दछन्, स्पष्टरूपमा बयान गर्दछ ।
७७) र निःसन्देह यो कुरआन ईमानवालाहरूको निम्ति मार्गदर्शन र कृपा हो ।
७८) तपाईको पालनकर्ताले उनीहरूबीच आफ्नो आदेशले सबै फैसला गरिदिनेछ । ऊ सर्वशक्ति सम्पन्न र सर्वज्ञ छ ।
७९) तसर्थ तपाईले अल्लाहमा भरोसा राख्नुस् । निश्चितरूपले तपाई त स्पष्ट (सत्यता) धर्ममा हुनुहुन्छ ।
८०) निःसन्देह तपाईले न मुर्दाहरूलाई सुनाउन सक्नुहुन्छ र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काई विमुख भएर गइरहेका छन् ।
८१) र नत तपाईले अन्धालाई उनको मार्गविचलनबाट हटाएर सही बाटो देखाउन सक्नुहुन्छ । तपाईले त उनीहरूलाई मात्र सुनाउन सक्नु हुन्छ जसले हाम्रो आयतहरूमाथि आस्था राख्दछन् र आज्ञाकारी छन् ।
८२) जब उनीहरूको लागि यातनाको वाचा पूरा हुनेछ, तब हामीले उनीहरूको लागि धरतीबाट एउटा जनावर निकाल्नेछौं, जसले उनीहरूसित कुरा गर्नेछ, कि मानिसहरू हाम्रो आयतहरूमा विश्वास गर्दैनथे ।
८३) र जुन दिन हामी प्रत्येक समूहमध्येबाट त्यस समूहलाई एकत्रित गर्नेछौं, जसले हाम्रा आयतहरूलाई असत्य भन्दथे, अनि उनीहरूलाई विभिन्न श्रेणीहरूमा विभाजित गरिनेछ ।
८४) यहाँसम्म कि जब सबै आइपुग्नेछन् तब अल्लाहले आदेश गर्नेछः कि तिमीलाई पूरा ज्ञान नभएर पनि तिमीले मेरा आयतहरूलाई किन असत्य भनेका थियौ ? र यो पनि बताऊ कि तिमीले के गर्दै थियौ ?
८५) र उनीहरूको अपराधको कारणले उनीहरूको हकमा यातनाको वाचा पूरा भएर नै छाड्नेछ, अनि उनीहरू केही बोल्न सक्नेछैनन् ।
८६) के उनीहरूले देखेनन् कि हामीले रातलाई बनाएका छौं ताकि यसमा तिनीहरूले आराम गरुन्, र दिनलाई उज्यालो बनाएका छौं । र निःसन्देह यसमा त्यस समुदायहरूको लागि जो ईमान र विश्वास राख्दछन् निशानीहरू छन् ।
८७) र जुन दिन सूर फूँकिनेछ तब जो आकाशहरू र जो जमिनमा छन्, सबै आत्तिनेछन्, तिनी बाहेक जसलाई अल्लाह चाहन्छ । र सबै उसको समक्ष विवश र बाध्य भई उपस्थित हुनेछन् ।
८८) र जब तिमीले पहाडहरूलाई हेरेर तिनीहरूलाई आफ्नो ठाउँमा स्थिर देख्दछौ, तर तिनीहरू पनि यसप्रकार हिंड्नेछन्, जस्तो कि बादल । यो अल्लाहको कारीगरी हो, जसले प्रत्येक कुरालाई बलियो बनायो । निःसन्देह उसले तिम्रो कर्महरूको बारेमा जानकारी राख्दछ ।
८९) जुन व्यक्तिले असल कर्म लिएर आउनेछ, उसको निम्ति उसलाई त्यसभन्दा राम्रो प्रतिफल मिल्नेछ, र यस्ता मानिसहरू त्यस दिनको घबराहटबाट निश्चिन्त हुनेछन् ।
९०) र जसले नराम्रो कर्म लिएर आउनेछन् तिनीहरूलाई घोक्राएर नर्कमा धकेलिनेछ । तिमीलाई त तिनै कर्महरूको प्रतिफल प्राप्त हुनेछ, जुन तिमीले गर्दै आइरहेका छौ ।
९१) (भनिदिनुस्) मलाई यही नै आदेश भएको छः कि म यस ‘‘मक्का’’ शहरको स्वामीको उपासना गरूँ, जसले यसलाई सम्मानित र मर्यादित बनाएको छ र यी सबै कुरा उसैको अधीनमा छन् र यो पनि आदेश भएको छ कि म उसको आज्ञाकारीको रूपमा रहूँ ।
९२) र यो पनि कि म ‘‘कुरआन’’ पढ्ने गरूँ, त जुन मानिसले सोझो बाटो अपनाउँछ, उसले आफ्नै फाइदाको निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त भनिदिनुस् कि म त मात्र सचेत गर्नेवाला हूँ ।
९३) भनिदिनुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । उसले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछ, जसलाई तिमी आफैले चिन्हिहाल्नेछौ र जुन कर्म तिमीले गर्दैछौ, त्यसबाट तिम्रो पालनकर्ता अनभिज्ञ छैन ।
سورة النمل
معلومات السورة
الكتب
الفتاوى
الأقوال
التفسيرات

سورةُ (النَّمْلِ) من السُّوَر المكية التي جاءت ببيانِ إعجاز القرآن الكريم، ووصفِه بالهداية والإرشاد، وأشارت السورةُ إلى ذِكْرِ دلائل وَحْدانية الله عز وجل وقُدْرته، وجاء فيها ذكرُ قِصَصِ عددٍ من الأنبياء؛ من ذلك: قصَّةُ سيدنا سُلَيمانَ عليه السلام عندما مرَّ بالنمل، وفي ذلك عِبَرٌ ومواعظُ كثيرة؛ منها: إظهارُ علمِ الله وحِكْمته من خلال تدبيره في خَلْقه.

ترتيبها المصحفي
27
نوعها
مكية
ألفاظها
1160
ترتيب نزولها
48
العد المدني الأول
195
العد المدني الأخير
195
العد البصري
94
العد الكوفي
93
العد الشامي
94

* سورة (النَّمْلِ):

سُمِّيت سورة (النَّمْلِ) بهذا الاسم؛ لذِكْرِ النَّمْلة التي خاطبت النَّمْلَ في تضاعيفِ قصة سليمان، ولِما للنَّمْلِ من ارتباطٍ بمقصد السورة؛ كما أشرنا.

جاءت سورةُ (النَّمْلِ) على ذكرِ الموضوعات الآتية:

1. بيان إعجاز القرآن الكريم (١-٢).

2. صفات المؤمنين والكافرين، وجزاؤهم (٣-٦).

3. نداء الله تعالى لموسى عليه السلام بوادي طُوًى (٧-١٤).

4. قصة داود وسليمان عليهما السلام (١٥-٤٤).

5. قصة صالح عليه السلام (٤٥-٥٣).

6. قصة لوط عليه السلام (٥٤-٥٨).

7. البراهين الدالة على وَحْدانية الله تعالى (٥٩-٦٦).

8. إنكار المشركين للبعث، والردُّ عليهم (٦٧-٧٥).

9. إخبار القرآن عن أنباء السابقين (٧٦-٨١).

10. علامات الساعة، ومشاهد يوم القيامة (٨٢-٩٣).

ينظر: "التفسير الموضوعي للقرآن الكريم" لمجموعة من العلماء (5 /420).

مقصدُ سورة (النَّمْلِ): هو وصفُ هذا الكتاب بالكفاية لهدايةِ الخَلْقِ أجمعين؛ بالفصل بين الصراط المستقيم، وطريق الحائرين، والجمعِ لأصول الدِّين؛ لإحاطة علم مُنزِله بالخَفِيِّ والمُبِين، وبشارة المؤمنين ونِذارة الكافرين؛ بيوم اجتماع الأوَّلين والآخِرين، وكلُّ ذلك يرجع إلى العلمِ المستلزم للحكمة.

فالمقصودُ الأعظم منها: إظهار العلم والحكمة، وأدلُّ ما فيها على هذا المقصود: ما للنَّمل من حُسْنِ التَّدبير، وسَداد المذاهب في العيش، ولا سيما ما ذكَر عنها سبحانه من صِحَّةِ القصد في السِّياسة، وحُسْنِ التَّعبير عن ذلك القصد، وبلاغة التأدية، و(النَّمْلُ) آيةٌ من آيات الله في كونه، ضرَبه الله تعالى ليتأمَّلوا عجيبَ خَلْقه.

ينظر: "مصاعد النظر للإشراف على مقاصد السور" للبقاعي (2 /333).