ترجمة سورة المجادلة

الترجمة النيبالية

ترجمة معاني سورة المجادلة باللغة النيبالية من كتاب الترجمة النيبالية.
من تأليف: جمعية أهل الحديث المركزية .

१) (हे पैगम्बर !) अल्लाहले त्यस स्त्रीको कुरा सुनिहाल्यो, जसले आफ्नो पतिको विषयमा तपाईसित विवाद गरिराखेकी थिई र अल्लाहसित गुनासो गरिाखेकी थिई । अल्लाहले तिमी दुवैको प्रश्नोत्तर सुनिराखेको थियो । निश्चय नै अल्लाह सबै कुरा सुन्नेवाला, देख्नेवाला छ ।
२) तिमीहरूमध्ये जसले आफ्ना स्त्रीहरूसंग जिहार गरिहाल्छन् (अर्थात उनीहरूलाई आमा भनिहाल्छन्) तिनीहरू उनीहरूका वास्तविक आमा भइहाल्दैनन् । उनीहरूका आमा त ती नै हुन् जसको पेटबाट उनीहरू जन्मेका छन् । निश्चय नै उनीहरू एउटा अनुचित र असत्य कुरा भन्दछन् (र) अल्लाह बडो दया गर्नेवाला र क्षमाशील छ ।
३) जसले आफ्नो स्त्रीहरूलाई आमा भनिहाल्दछन्, अनि आफ्नो भनाईतिर पश्चाताप गर्छन् भने उनीहरू पुनः सहवास गर्नुभन्दा पहिला एउटा दास मुक्त गर्नु अनिवार्य छ । यसबाट तिमीलाई उपदेश गरिन्छ र तिमीले जे गर्दछौ, अल्लाहलाई सबै थाहा छ ।
४) हो, जसलाई दास प्राप्त हुँदैन, त्यसले सहवासभन्दा पहिला निरन्तर दुई महिनासम्म व्रत बसोस् र जसलाई यसको पनि सामथ्र्य छैन त, त्यसले साठी (गरिब) पराश्रितहरूलाई भोजन गराओस् । यो यसकारण हो ताकि तिमी अल्लाह र उसको रसूलको आज्ञाकारी बन । यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् र नमान्नेहरूको निम्ति कष्टदायक यातना छ ।
५) निःसंदेह जुन मानिसहरूले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू अपमानित गरिनेछन्, जुन तरिकाले कि उनीभन्दा पहिला अपमानित गरिएका थिए, र हामीले स्पष्ट र खुल्ला आयतहरू अवतरित गरिदिएका छौं । र जसले मान्दैनन् उनीहरूलाई अपमानजनक यातना छ ।
६) जुन दिन अल्लाहले उनीहरूलाई उठाउनेछ फेरि जुन काम उनीहरूले गर्दथे त्यसबाट उनीहरूलाई अवगत गराउनेछ । अल्लाहले ती सबैलाई गिनिराखको छ जुन यिनीहरूले बिर्सिसकेछन् र अल्लाह प्रत्येक कुरा जान्दछ ।
७) के तिमीलाई थाहा छैन कि जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ, अल्लाहलाई सबै थाहा छ । कुनै पनि तीनजना मानिसहरूको गुप्त वार्ता यस्तो हुँदैन जसमा चौथो अल्लाह नहोस् र न पाँचजना मानिसहरूको हुन्छ, जसमा छैठौं त्यो नहोस् । न यसभन्दा कमको न यसभन्दा बढिको किन्तु त्यो उनीहरूको साथमा हुन्छ, तिनीहरू जहाँ भएपनि, अनि जे–जति पनि उनीहरूले गरेका होलान्, कयामतको दिन उसले उनीहरूलाई उनको कार्यबाट अवगत गराइहाल्नेछ । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
८) के तिमीले उनीहरूलाई देखेनौ ? जसलाई कानेखुसी गर्नबाट मनाही गरिएको थियो । उनी फेरि पनि त्यो मनाही गरिएको काम गर्न थाले र परस्परमा पापको, अत्याचारको र रसूलको अवज्ञाको कानेखुसी गर्दछन् र जब तिम्रो नजिकमा आउँदछन्, त तिमीलाई ती शब्दमा सलाम गर्दछन् । जुन शब्द अल्लाहले तिम्रो अभिवादनको लागि भनेन, र आफ्नो मनमा भन्दछन् कि जे–जति हामीले भन्दछौं, त्यसमा अल्लाहले हामीलाई सजाय किन दिंदैन ? उनीहरूको निम्ति नर्क नै पर्याप्त सजाय हो, जसमा उनीहरू प्रविष्ट हुनेछन् । त्यो त साह्रै नराम्रो ठाउँ हो ।
९) हे मोमिनहरू ! जब तिमी आपसमा कानेखुसी गर्दछौ त यी कानेखुसीहरू गुनाह र अतिक्रमण र रसूलको अवज्ञाको लागी नहोउन् । बरु नेकी र सहनशीलताको विषयमा आपसमा एकान्तवार्ता गर र त्यस अल्लाहसित डर मानिराख जसको नजिक तिमी एकत्रित हुनेछौ ।
१०) नराम्रा कानेखुसीहरू त शैतानको काम हो । ताकि यसबाट मोमिनहरू दुःखी होउन्, यद्यपि अल्लाहको आदेश बिना उसले उनीहरूलाई केही हानि पुर्याउन सक्दैन । र मोमिनहरूले अल्लाहमाथि नै भरोसा गर्नु उचित हो ।
११) मोमिनहरू ! जब तिमीहरूलाई भनिन्छ कि सभामा ठाउँ फराकिलो पार त फराकिलो गरी बस । अल्लाहले तिमीलाई फराकिलोपना प्रदान गर्नेछ र जब भनिन्छ कि उभिहाल्नु त उभिहाल । तिमीहरूमध्ये जसले ईमान ल्याएका छन् र जसलाई ज्ञान प्रदान गरिएको छ, अल्लाहले उनीहरूको दर्जा उच्च गर्नेछ, र अल्लाह तिम्रो सम्पूर्ण कामहरूलाई जान्दछ ।
१२) हे मोमिनहरू ! जब तिमीले पैगम्बरको कानमा कुनै कुरा भन्न चाहन्छौ त त्यस कुरालाई भन्नुभन्दा पहिला केही दान गर्नेगर । यो तिम्रो निम्ति धेरै राम्रो र पवित्रताको कुरा हो र यदि दानको सामथ्र्य छैन भने त अल्लाह क्षमाशील र कृपालु छ ।
१३) के तिमी आफ्नो गुप्तवार्ताभन्दा पहिला दान दिनुबाट तर्सिहाल्यौ ? अनि जब तिमीले यस्तो गरेनौ र अल्लाहले तिमीलाई क्षमा गरिदियो त नमाज पढ्ने गर र जकात (धर्मदाय) दिंदै गर र अल्लाह र उसको रसूलको आज्ञापालन गर्नेगर । र जे–जति तिमीले गर्दछौ, अल्लाहलाई त्यो सबै थाहा छ ।
१४) के तिमीले ती मानिसहरूलाई देखेनौ ? जसले यस्ता मानिसहरूसित मित्रता गरे जसमाथि अल्लाहको प्रकोप भएको छ ? ती कपटीहरू न तिमीमध्येका हुन र न उनीहरूमध्येका, र उनीहरू जानी–जानी झूठो कुराको कसम खान्छन् ।
१५) अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरिसकेको छ । निश्चय नै उनीहरूले जे गरिराखेका छन् त्यो नराम्रो हो ।
१६) उनीहरूले आफ्ना कसमहरूलाई सुरक्षा कवच बनाइराखेका छन् । अतः उनीहरू अल्लाहको मार्गबाट मानिसहरूलाई रोक्दछन् । तसर्थ उनीहरूका निमित्त तिरस्कारपूर्ण यातना छ ।
१७) अल्लाह को यातनाबाट बचाउनको निम्ति न उनीहरूको धन सम्पत्ति उनीहरूको काम आउनेछ र न उनीहरूका सन्तान । उनीहरू नर्कबासी हुन् । त्यसैमा उनीहरू सधै रहनेछन् ।
१८) जुन दिन अल्लाहले ती सबैलाई जीवित पारी उठाउनेछ त उनीहरूले उसको सामु पनि यस्तै प्रकारले कसम खानेछन्, जुन प्रकारले तिम्रो अगाडि कसम खान्छन् र ठान्छन् कि उनीहरू पनि कुनै आधारमा छन् । हेर, निश्चय नै तिनीहरू नै झूठा हुन् ।
१९) शैतानले उनीहरूलाई नियन्त्रणमा लिइसकेको छ । अतः उसले अल्लाहको स्मरणलाई उनीहरूबाट बिर्साइसकेको छ । यिनीहरू शैतानको समूह हुन् यसमा शंका छैन कि शैतानको समूह नै घाटामा पर्नेवाला छ ।
२०) निःसंदेह जसले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू सबभन्दा बढी अपमानितहरूमध्येका हुन् ।
२१) अल्लाहले लेखिसकेको छ कि निःसंदेह म र मेरा रसूल नै विजयी रहनेछौं । निःसन्देह अल्लाह शक्तिमान र अधिपत्यशाली छ ।
२२) जसले अल्लाह र कयामतको दिनमाथि आस्था राख्दछन्, उनीहरूलाई अल्लाह र उसको रसूलका दुश्मनहरूसित मित्रता गरेको तपाईले पाउनु हुन्न । चाहे उनीहरू तिनीहरूका बाबु वा छोरा वा भाइ वा उनको खलककै मानिसहरू किन नहोउन् । यिनै ती मानिसहरू हुन्, जसको हृदयमा अल्लाहले ईमान लेखिदिएको छ र अदृश्य अनुकम्पाले उनीहरूको सहायता गरेको छ र उसले उनीहरूलाई त्यस्ता स्वर्गहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रवेश गराउने छ, यिनी सधैं त्यसमा रहनेछन् । अल्लाह उनीहरूसित, र उनीहरू अल्लाहसित खुशी छन् । यही समूह अल्लाहको जमाअत (समूह) हो । र सुनिराख कि अल्लाहकै जमाअत नै सफल समूह हुनेछ ।
سورة المجادلة
معلومات السورة
الكتب
الفتاوى
الأقوال
التفسيرات

سورة (المجادلة) من السُّوَر المدنية، نزَلتْ لتحريم عادةٍ من عادات الجاهلية؛ وهي (الظِّهار)، وذلك في حادثةِ مظاهرة أوسِ بن الصامت مِن زوجِه خَوْلةَ، وقد جاءت السورةُ بمقصدٍ عظيم؛ وهو إثبات علمِ الله، وإحاطتِه بكل شيء، ومِن كمال ألوهيته سبحانه: الحُكْمُ العدل فيما يصلُحُ لهم من الشرائع، وخُتمت السورة ببيان حال أعداء الله، وحالِ أوليائه.

ترتيبها المصحفي
58
نوعها
مدنية
ألفاظها
475
ترتيب نزولها
105
العد المدني الأول
28
العد المدني الأخير
28
العد البصري
29
العد الكوفي
29
العد الشامي
28

* قوله تعالى: {قَدْ سَمِعَ اْللَّهُ قَوْلَ اْلَّتِي تُجَٰدِلُكَ فِي زَوْجِهَا وَتَشْتَكِيٓ إِلَى اْللَّهِ وَاْللَّهُ يَسْمَعُ تَحَاوُرَكُمَآۚ إِنَّ اْللَّهَ سَمِيعُۢ بَصِيرٌ} [المجادلة: 1]:

عن عائشةَ أمِّ المؤمنين رضي الله عنها، قالت: «الحمدُ للهِ الذي وَسِعَ سَمْعُه الأصواتَ، لقد جاءت خَوْلةُ إلى رسولِ اللهِ صلى الله عليه وسلم تشكو زوجَها، فكان يَخفَى عليَّ كلامُها؛ فأنزَلَ اللهُ عز وجل: {قَدْ سَمِعَ اْللَّهُ قَوْلَ اْلَّتِي تُجَٰدِلُكَ فِي زَوْجِهَا} [المجادلة: 1] إلى آخرِ الآيةِ». أخرجه النسائي (٣٤٦٠)، وابن ماجه (١٨٨).

* قوله تعالى: {وَإِذَا جَآءُوكَ حَيَّوْكَ بِمَا لَمْ يُحَيِّكَ بِهِ اْللَّهُ} [المجادلة: 8]:

عن عبدِ اللهِ بن عمرٍو رضي الله عنهما، قال: «إنَّ اليهودَ كانوا يقولون لرسولِ اللهِ ﷺ: سامٌ عليك! ثم يقولون في أنفسِهم: {لَوْلَا يُعَذِّبُنَا اْللَّهُ بِمَا نَقُولُۚ} [المجادلة: 8]؛ فنزَلتْ هذه الآيةُ: {وَإِذَا جَآءُوكَ حَيَّوْكَ بِمَا لَمْ يُحَيِّكَ بِهِ اْللَّهُ} [المجادلة: 8] إلى آخرِ الآيةِ». أخرجه أحمد (٦٥٨٩).

* قوله تعالى: {وَيَحْلِفُونَ عَلَى اْلْكَذِبِ وَهُمْ يَعْلَمُونَ} [المجادلة: 14]:

عن عبدِ اللهِ بن عباسٍ رضي الله عنهما، قال: «قال رسولُ اللهِ صلى الله عليه وسلم: «يدخُلُ عليكم رجُلٌ ينظُرُ بعينِ شيطانٍ، أو بعَيْنَيْ شيطانٍ»، قال: فدخَلَ رجُلٌ أزرَقُ، فقال: يا مُحمَّدُ، علامَ سبَبْتَني -أو: شتَمْتَني، أو نحوَ هذا-؟ قال: وجعَلَ يَحلِفُ، قال: فنزَلتْ هذه الآيةُ في المجادلةِ: {وَيَحْلِفُونَ عَلَى اْلْكَذِبِ وَهُمْ يَعْلَمُونَ} [المجادلة: 14]، والآيةُ الأخرى». أخرجه أحمد (٢١٤٧).

قال محقِّقو "المسند" (4 /48): «قوله: «فقال: يا مُحمَّدُ، علامَ سبَبْتَني؟»؛ كذا جاء في جميع الأصول، وكذلك هو في "مسند البزار"، وزيادة: «يا محمد» - كما قال الشيخُ أحمد شاكر- خطأٌ ينافي السياق؛ فإن الذي نُسِب إليه السبُّ والشَّتم هنا هو المنافقُ الأزرق، ورسولُ الله يَسأله ويتَّهِمُه، وهو يَحلِف كاذبًا يَتبرَّأ من التُّهمة، وقد جاء في "تفسير الطبري" على الصواب بإسقاطِ هذه الزيادة، وسيأتي على الصواب أيضًا عند أحمد (2407)»، انظر السبب الآتي.

* قوله تعالى: {يَوْمَ يَبْعَثُهُمُ اْللَّهُ جَمِيعٗا فَيَحْلِفُونَ لَهُۥ كَمَا يَحْلِفُونَ لَكُمْ وَيَحْسَبُونَ أَنَّهُمْ عَلَىٰ شَيْءٍۚ أَلَآ إِنَّهُمْ هُمُ اْلْكَٰذِبُونَ} [المجادلة: 18]:

عن سعيدِ بن جُبَيرٍ، أنَّ ابنَ عباسٍ رضي الله عنهما حدَّثه، قال: «كان رسولُ اللهِ صلى الله عليه وسلم في ظلِّ حُجْرةٍ مِن حُجَرِه، وعنده نَفَرٌ مِن المسلمين، قد كاد يَقلِصُ عنهم الظِّلُّ، قال: فقال: «إنَّه سيأتيكم إنسانٌ ينظُرُ إليكم بعَيْنَيْ شيطانٍ، فإذا أتاكم، فلا تُكلِّموه»، قال: فجاء رجُلٌ أزرَقُ، فدعاه رسولُ اللهِ صلى الله عليه وسلم، فكلَّمَه، قال: «علامَ تَشتِمُني أنتَ، وفلانٌ، وفلانٌ؟»، نَفَرٌ دعَاهم بأسمائهم، قال: فذهَبَ الرَّجُلُ، فدعَاهم، فحلَفوا باللهِ واعتذَروا إليه، قال: فأنزَلَ اللهُ عز وجل: {فَيَحْلِفُونَ لَهُۥ كَمَا يَحْلِفُونَ لَكُمْ وَيَحْسَبُونَ ...} [المجادلة: 18] الآيةَ» أخرجه أحمد (2407).

* سورةُ (المجادلة):

سُمِّيت سورةُ (المجادلة) بهذا الاسم؛ لافتتاحها بقصَّة مجادلةِ امرأةِ أوس بن الصامت عند النبي صلى الله عليه وسلم.

وتُسمَّى كذلك بـ (قَدْ سَمِعَ)؛ لافتتاحها بهذا اللفظِ.

1. الظِّهار وكفَّارته (١-٤).

2. خَسارة مَن عادى اللهَ، وتعدَّى حدوده (٥-١٩).

3. حال أعداء الله، ومدحُ أوليائه (٢٠-٢٢).

ينظر: "التفسير الموضوعي لسور القرآن الكريم" لمجموعة من العلماء (8 /34).

يقول ابنُ عاشور رحمه الله عن مقصد السورةِ: «الحُكْمُ في قضيَّة مظاهرة أوسِ بن الصامت من زوجه خَوْلة.
وإبطالُ ما كان في الجاهلية من تحريم المرأة إذا ظاهَر منها زوجُها، وأن عملهم مخالفٌ لِما أراده الله، وأنه من أوهامهم وزُورِهم التي كبَتَهم اللهُ بإبطالها، وتخلَّصَ من ذلك إلى ضلالاتِ المنافقين؛ ومنها مناجاتُهم بمرأى المؤمنين ليَغِيظوهم ويحزُنوهم.
ومنها موالاتهم اليهودَ، وحَلِفُهم على الكذب، وتخلَّل ذلك التعرُّض لآداب مجلس الرسول صلى الله عليه وسلم.

وشرع التصدُّق قبل مناجاة الرسول صلى الله عليه وسلم.

والثناء على المؤمنين في مجافاتهم اليهودَ والمشركين.

وأن اللهَ ورسوله وحِزْبَهما هم الغالبون». "التحرير والتنوير" لابن عاشور (28 /6).