ترجمة سورة المؤمنون

الترجمة النيبالية

ترجمة معاني سورة المؤمنون باللغة النيبالية من كتاب الترجمة النيبالية.
من تأليف: جمعية أهل الحديث المركزية .

१) निःसन्देह ईमानवालाहरू सफल भइहाले ।
२) जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
३) र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
४) र जो जकात दिन्छन् ।
५) र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
६) तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
७) जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
८) र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
९) र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
१०) यीनै (मानिसहरू) वारिस हुनेछन् ।
११) जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
१२) र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।
१३) अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।
१४) फेरि शुक्रको एउटा डल्लो बनायौं, फेरि डल्लोबाट भ्रुण बनायौं, अनि भ्रुणबाट हाडहरू बनायौं, अनि हाडहरूमाथि मासुको पत्र राख्यौं, अनि त्यसलाई नयाँ आकारमा बनाइदियौं तसर्थ अल्लाह साह्रै नै बर्कतवाला,(कल्याणकारी) सबभन्दा उत्तम स्रष्टा हो ।
१५) अनि यस पश्चात निश्चितरूपले तिमी सबै मर्छौ ।
१६) अनि कियामतको दिन तिमी निश्चय नै उठाइने छौ ।
१७) हामीले तिमीमाथि सात आकाशहरू सृष्टि गरेका छौं र हामी प्राणीहरूबाट असावधान छैनौं ।
१८) र हामीले आकाशबाट एउटा ठीक अन्दाजले पानी बर्षाउँछौं, अनि हामीले त्यसलाई धर्तीमा रोक्छौं, र त्यसलाई विलुप्त गर्ने सामथ्र्य पनि हामीमा छ ।
१९) अनि हामीले त्यसै पानीबाट तिम्रो निम्ति खजूर र अङ्गूरका बगैंचाहरू उत्पन्न गर्यौं । तिम्रो निम्ति त्यसमा धेरै फल–फूल छन् र तिनैबाट तिमीले खान्छौ ।
२०) र त्यो रुख (पनि हामीले नै सृष्टि गरेका छौं ।) जुन ‘‘तूरे सीना’’ पहाडबाट उत्पन्न हुन्छ जुन खानेहरूको लागि तेल र सालन लिएर उम्रन्छ ।
२१) र निश्चय नै तिम्रा निम्ति चौपायहरूमा पनि धेरै शिक्षा छ, तिनीहरूको पेटबाट हामीले तिमीलाई दूध खुवाउँछौं । र तिम्रो निम्ति तिनीहरूमा धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
२२) र तिनीहरूमाथि र डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
२३) निःसन्देह हामीले नूहलाई उनको समुदायतिर रसूल बनाएर पठायौं, र उनले तिनीहरूसित भनेकि हे समुदायका मानिसहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कोही पूज्य छैन, के तिमी डर्दैनौ ।
२४) तब उनको समुदायको नायकले जो काफिर थिए, स्पष्टसंग भन्नथालेः कि यो त तिमी जस्तै मानिस हो, तिमीमाथि श्रेष्ठता प्राप्त गर्न चाहन्छ र यदि अल्लाहले चाहेको भए कुनै फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) पठाउने थियो । हामीले त आफ्नो पूर्वजहरूबाट यो कुरा कहिल्यै पनि सुनेनौं ।
२५) यो त पक्कै उन्मादग्रस्त व्यक्ति हो अतः एक निश्चित अवधिसम्म तिमीले यसलाई छूट देऊ ।
२६) (नूहले) प्रार्थना गरे कि हे पालनकर्ता ! उनीहरूले मलाई झूठा भनेका छन्, तिमीले मेरो मद्दत गर ।
२७) तब हामीले उनीतिर ‘‘वह्य’’ पठायौं कि हाम्रो आँखाको अगाडि र हाम्रो ‘‘वह्य’’ अनुसार एउटा डुङ्गा बनाऊ, अनि जब हाम्रो आदेश आउँछ र जब पानीको बाढी आउँछ तब प्रत्येक प्रजातिहरूमध्येबाट एक–एक जोडी त्यसमा राखिहाल, र आफन्तहरूलाई पनि, तर उनी बाहेक जसको विरुद्ध हामीले निर्णय दिइसकेका छौं र अत्याचारीहरूको विषयमा मसित कुरा नगर्नु । तिनीहरू त डुबाइने नै छन् ।
२८) र जब तिमी र तिम्रा साथीहरू डुङ्गामा राम्रोसंग बसिहाल्छौ तब (अल्लाहप्रति आभार प्रकट गर्नु र) भन्नु कि प्रशंसा अल्लाहकै लागि हो, जसले कि हामीलाई अत्याचारीहरूबाट छुटकारा प्रदान गर्यो ।
२९) र त्यो पनि प्रार्थना गर्नु कि हे पालनकर्ता ! हामीलाई कल्याणकारी ठाउँमा उर्तानु र तिमी नै सबैभन्दा राम्रो उतार्नेवाला हौ ।
३०) निःसन्देह यस (घटना) मा निशानीहरू छन् र हामीले त परीक्षा गर्नुछ ।
३१) फेरि उनीहरू पश्चात हामीले अरु समुदायहरू पनि सृष्टि गर्यौं ।
३२) फेरि उनीहरूमध्येबाटै पैगम्बर सन्देष्टा पठायौं, कि तिमीहरू सबै अल्लाहको पूजा गर, उस बाहेक तिम्रो कोही पूज्य छैन । अनि के तिमी डर्दैनौ ?
३३) अनि उनको समुदायका सरदारहरूले जो काफिर थिए र आखिरतको आगमनलाई झूठा ठान्दथे र जसलाई हामीले सांसारिक जीवनमा सुख प्रदान गरेका थियौं, तिनीहरूले जवाफ दिन थालेः कि यो त तिमी जस्तै एउटा मानिस हो । जुन किसिमले खाना तिमीले खान्छौ, त्यस्तै प्रकारको खाना यसले पनि खान्छ, र जुन पानी तिमी पिउँदछौ, त्यस्तै यसले पनि पिउँछ ।
३४) यदि तिमीले आफू जस्तै एउटा मानिसले भनेको मान्यौ भने तिमी धेरै घाटामा परिहाल्छौ ।
३५) के यसले तिमीसित यस कुराको वचन गर्दछ कि जब तिमी मरेर हाँड र माटो भइहाल्छौ तब तिमी फेरि जिन्दा (जीवित) गरिने छौ ?
३६) होइन–होइन जुन कुराको तिमीलाई वचन दिइन्छ, त्यो धेरै धेरै टाढा छ ।
३७) जिन्दगी भनेको यही हाम्रो संसारिक जीवन नै हो, हामी मर्दै र बाँच्दै रहनेछौं र हामी फेरि उठाइने छैनौं ।
३८) यो त यस्तो मान्छे हो जसले कि अल्लाहको बारेमा मनगढन्ते कुरा गर्दछ र यसको कुरामाथि हामीले ईमान ल्याउने छैनौं ।
३९) (पैगम्बरले) भनेः कि पालनकर्ता ! उनीहरूले मलाई झूठा ठान्दछन्, तिमीले मेरो सहायता गर ।
४०) जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।
४१) अन्ततः गत्वा न्यायको माँग अनुसार तिनीहरूलाई एउटा प्रचण्ड चित्कारले समातिहाल्यो र तिनीहरूलाई कूडा–करकट बनाइहाल्यौ । अतः धिक्कार छ यस्ता अत्याचारीहरूलाई ।
४२) अनि हामीले तिनीहरू पश्चात अन्य धेरै समुदायहरू (नस्ल)लाई सृष्टि गर्यौं ।
४३) न कुनै पनि समुदाय आफ्नो निर्धारित समयभन्दा अगाडि जान सक्तछ न पछाडि रहन सक्तछ ।
४४) अनि हामीले (एकपछि अर्को) निरन्तर आफ्नो रसूलहरू पठायौं । जहिले पनि कुनै समुदायमा उसको रसूल आयो त्यसका मानिसहरूले त्यसलाई असत्य भने । अतः हामीले एकलाई अर्काको पछाडि (विनाशको लागि) लगाउँदै गर्यौं र हामीले उनीहरूलाई यस्तो गरिहाल्यौं, कि उनीहरू कथाहरूको रूपमा मात्र बाँकी रहे । तसर्थ धिक्कार छ तिनीहरूमाथि जसले ईमान ल्याउँदैनन् ।
४५) अनि हामीले ‘‘मूसा’’ र उनको भाइ ‘‘हारून’’ लाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाणहरू दिएर पठायौं ।
४६) फिरऔन र त्यसका सरदारहरूतिर तब उनीहरूले घमण्ड गरे, र उनीहरू अट्टेरी नै थिए ।
४७) (अनि तिनीहरू) भन्न थालेः कि के हामीले आफू जस्तै दुईजना मानिसहरूमाथि ईमान ल्याउँछौं, जबकि उनको समुदाय पनि हाम्रो अधीनमा छ ।
४८) अतः उनीहरूले ती दुईटैलाई झूठा भने र अन्तमा तिनीहरू पनि नष्ट हुनेहरूमा शम्मिलित भइहाले ।
४९) र हामीले त मूसालाई किताब प्रदान गर्यौं ताकि उनीहरू सही मार्गदर्शन प्राप्त गर्न सकुन् ।
५०) हामीले ‘‘मरियम’’ र उनको छोरा (ईसा) लाई एउटा निशानी बनाएका थियौं र उनीहरूलाई एउटा उच्च ठाउँमा जुन बस्न लायक थियो र जहाँ स्वच्छ पानी बगिराखेको थियो, त्यहाँ शरण प्रदान गर्यौं ।
५१) हे पैगम्बरहरू ! पवित्र कुरा खाऊ र असल कर्म गर । जुन क्रियाकलाप तिमीले गर्दछौ, त्यो मलाई थाहा छ ।
५२) तिम्रो यो धर्म निश्चितरूपले वास्तवमा एउटै धर्म हो । र म तिम्रो पालनकर्ता हूँ, तसर्थ मसित डर ।
५३) किन्तु उनीहरूले स्वयम् आफ्नो काम (धर्म) लाई परस्पर टुक्रा–टुक्रा गरिहाले । प्रत्येक समूह त्यसैमा मग्न छ जुन उसको पासमा छ ।
५४) तसर्थ तपाईले उनीहरूलाई एउटा निश्चित समयसम्म उनीहरूकै अज्ञानतामा रहनदिनुस् ।
५५) के यिनीहरूले यो सम्झनछन् कि, हामीले जुन तिनीहरूको सन्तान र धन बढाइरहेका छौं ।
५६) त यो उनीहरूको हितको निम्ति शीघ्रता गरिराखेका छौं । होइन, बरु उनीहरूलाई यसको अनुभूति छैन ।
५७) निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।
५८) र जसले आफ्नो पालनकर्ताका प्रतीकहरूमाथि आस्था राख्दछन् ।
५९) र जसले आफ्नो पालनकर्तासित अरु कसैको साझेदारी ठहराउँदैनन् ।
६०) र जे दिन सक्दछन् दिन्छन् र उनीहरूको हृदय यस कुराबाट काम्ने गर्दछन् कि उनीहरूलाई आफ्नो पालनकर्तातिर फर्केर जानुछ ।
६१) यी नै ती मानिसहरू हुन्, जसले भलोको काममा शीघ्रता गर्दछन् र यही त्यसमा अग्रसर रहनेवाला छन् ।
६२) हामीले कुनैपनि व्यक्तिलाई उसको क्षमताभन्दा बढी कष्ट दिदैनौं । र हाम्रो साथमा यस्तो किताब छ जुन सत्य बोल्दछ र ती (मानिसहरू) माथि केही अत्याचार गरिनेछैन ।
६३) तर उनीहरका हृदय यी (कुराहर) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महर छन् जुन् कि यिनीहर गर्दै गर्नेछन् ।
६३) तर उनीहरूका हृदय यी (कुराहरू) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महरू छन् जुन् कि यिनीहरू गर्दै गर्नेछन् ।
६५) आज विलाप नगर, निश्चय नै तिमीले हाम्रो विरुद्ध कुनै सहायता पाउने छैनौ’’ ।
६६) मेरा आयतहरू तिम्रो सामु पढेर सुनाइन्थे, तैपनि तिमीले उल्टै फर्किहाल्थ्यौ ।
६७) अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।
६८) के उनीहरूले यस कुरामाथि ध्यानै दिएनन् ? वा उनीहरू नजिक त्यो आयो जुन उनको बाबु बाजे नजिक आएको थिएन ?
६९) वा यिनीहरूले आफ्नो पैगम्बरलाई चिनेनन् यसकारण उसलाई मान्दैनन् ।
७०) वा यो भन्छन् कि यो उन्मादी हो । जबकि उसले उनीहरूको सामु सत्य कुरा लिएर आएको छ । हो, उनीहरूमध्ये अधिकांशलाई सत्य अप्रिय छ ।
७१) यदि सत्य, उनीहरूको इच्छाको पछि– पछि हिँड्ने भएको भए समस्त आकाश र धर्ती र जे जति उनीहरूको बीचमा छ, सबैमा विगार उत्पन्न भइहाल्ने थियो । होइन, बरु सत्य यो हो कि हामीले उनीहरूको सामु उनीहरूको (भागको) उपदेश पुर्याइदिएका छौं । तर उनीहरू आफ्नो उपदेशबाट मुख फर्काइरहेका छन् ।
७२) के तपाईले उनीहरूसित केही पारिश्रमिक माँगी रहनुभएको छ ? यादराख्नुस् तपाईको स्वामीबाट प्रदान गरिएको कुरा नै उत्तम छ र त्यो सबभन्दा राम्रो जीविका प्रदान गर्नेवाला हो ।
७३) र वास्तवमा तपाईले उनीहरूलाई सोझो मार्गमा बोलाइरहनु भएको छ ।
७४) निश्चितरूपले जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् उनीहरू यस मार्गबाट विचलित भई हिड्नेवाला छन् ।
७५) र यदि हामीले उनीहरमाथि दया गथ्र्यौ र उनीहरको कष्ट हटायांै भने उनीहर आफ्नो अट्टेरीपनामा अरु बहकी रहनेछन् ।
७६) यद्यपि हामीले उनीहरूलाई यातनामा समात्यौं तैपनि उनीहरू न आफ्नो पालनकर्ताको अगाडि नतमस्तक भए नत उनीहरू याचना नै गरे ।
७७) यहाँसम्म कि हामीले जब उनीहरूमाथि तीव्र सजायको ढोका खोलिदियौं तब त्यसबेला उनीहरू निराश भइहाले ।
७८) र त्यही अल्लाह हो जसले तिम्रो लागि कान र आँखाहरू तथा हृदयहरू बनायो । तर तिमीले थोरै कृतज्ञता प्रकट गर्दछौ ।
७९) र उही त हो जसले तिमीलाई सृष्टि गरेर पृथ्वीमा फैलाइदियो र उसैतिर तिमी एकत्रित गरिने छौ ।
८०) र उही हो जसले जीवन प्रदान गर्दछ, र मृत्यु दिन्छ र एकपछि अर्को आउने रात र दिन उसैको अधिकारमा छ, के तिमीले बुझ्दैनौ ?
८१) कुरा यो छ कि जुन कुरा अघिकाले भन्दथे, उस्तै प्रकारको कुरा यिनीहरूले पनि भन्दछन् ।
८२) (भन्दछन्ः) कि जब हामी मरेर माटो र हड्डीहरू भइहाल्नेछौं तै पनि के हामी फेरि उठाइने छौं र ?
८३) यो वाचा हामीसित र हामीभन्दा पहिला हाम्रा बाबु बाजेहरूसित पनि हुँदै आएको छ, यो त मात्र अघिका मानिसहरूका कथाहरू हुन् ।
८४) सोध्नुस् त जमिन, र जेजति जमिनमा छन् (सबै) कसका सम्पत्ति हुन् बताऊ यदि थाह छ ?
८५) तुरुन्त जवाफ दिनेछन्ः कि अल्लाहको । भन्नुस् त्यसो भए तिमी किन उपदेश मान्दैनौ ?
८६) सोध्नुस् किः सात आकाशहरूको स्वामी को हो र महान सत्तासनको मालिक को हो ?
८७) उनीहरूले जवाफ दिनेछन्ः कि अल्लाह नै हो, भन्नुस् कि त्यसो भए किन डर मान्दैनौ ?
८८) सोध्नुस् कि यदि तिमी जान्दछौ भने भनकि त्यो कोहो जसको हातमा हरेक कुराको आधिपत्य छ र उसले शरण दिन्छ र उसको दाँजोमा कसैले कसैलाई शरण दिन सक्दैन ।
८९) यही जवाफ दिनेछन्ः कि अल्लाह नै हो । भन्नुस् किः त्यसो भए तिमीमाथि जादू कहाँबाट चल्छ ?
९०) सत्य यो छ कि हामीले उनीहरूको सामु सत्य कुरा पुर्याइदिएका छौं र यिनीहरू निःसन्देह झूठा छन् ।
९१) अल्लाहले नत कसैलाई छोरा बनाएको छ र नत उसको साथमा अरु कोही पूज्य छ, अन्यथा प्रत्येक पूज्यले आफ्नो सृष्टिलाई लिएर अलग अलग हिड्ने थियो, र प्रत्येक एक अर्कामाथि आक्रमण गरिहाल्थ्यो । महान र उच्च छ अल्लाह ती कुराहरूबाट जुन उनीहरूले वर्णन गर्छन ।
९२) ऊ लुकेको र प्रकट कुरा जान्दछ र जो उसको साथमा अन्यलाई साझेदार ठहराउँदछन् त्यसभन्दा ऊ उच्च छ ।
९३) (हे मुहम्मद !) तपाईले प्रार्थना गर्नुस् कि हे पालनकर्ता ! जुन (सजाय) को वचन यिनीहरूसित भएको छ, यदि तिमीले मेरो जिन्दगीमा नै उनीहरूमाथि उतारेर देखाउँछौ ।
९४) भने हे पालनकर्ता ! मलाई यी अत्याचारीहरूको समूहमा शम्मिलित नगर्नु ।
९५) निश्चय नै हामी यस कुराको सामथ्र्य राख्दछौं कि हामीले उनीहरूसित जुन वचन गरिराखेका छौं त्यो तपाईलाई देखाइहालौं ।
९६) र नराम्रो कुराको उत्तरमा यस्तो कुरा भन जुनकि धेरै राम्रो होस् यिनीहरूले जेजति वर्णन गर्छन हामीलाई सबै थाहा छ ।
९७) र भन्नुस् हे पालनकर्ता म शैतानहरूको उकसाहटबाट तिम्रो शरण चाहन्छु ।
९८) हे पालनकर्ता ! यसकारण पनि तिम्रो शरण माँग्दछु ताकि तिनीहरू मेरो सामु उपस्थित नहोउन् ।
९९) यहाँसम्म कि जब उनीबाट कसैको मृत्यु नजिक हुन्छ त भन्छन्ः मेरो पालनकर्ता मलाई फर्काइदेऊ ।
१००) ताकि जुन (संसार)लाई म छोडेर आएको छु त्यसमा म राम्रो काम गरूँ, कदापि यस्तो हुनेछैन । यो त खाली एउटा कुरा हो जुन उसले भन्नेछ (त्यो पूरा हुनेछैन) र उनीहरूको पछाडि एक प्रकारको पर्दा छ, त्यो दिनसम्म जबकि पुनः उठाइनेछन् ।
१०१) अनि जब सूर फूँकिन्छ, तब त्यहाँ तिनीहरूमा नत रिश्ता, नातेदारी रहनेछ नत एक अर्काबीच सोधपूछ ।
१०२) जसको कर्मको भार गर्हुङ्गो हुनेछ, उनीहरू सफलता प्राप्त गर्नेछन् ।
१०३) र जसको भार हर्लुङ्गो हुनेछ, उनीहरू त्यस्ता मानिस हुन् जसले आफूलाई हानिमा पारे, सधैंको लागि नर्कमा रहनेछन् ।
१०४) आगोले उनीहरूको अनुहारलाई पोलिरहने छ, र त्यसमा उनीहरूको अनुहार विकृत भइराखेका हुन्छन् ।
१०५) के तिम्रो अगाडी मेरा आयतहरू पढेर सुनाइन्नथे ? र तैपनि तिमीले तिनलाई झूठो मान्थ्यो ।
१०६) (तिनीहरू) भन्नेछन, हे हाम्रो पालनकर्ता । हाम्रो दुर्भाग्य हामीमाथि प्रभावित भयो र हामी पथविचलित मानिस थियौं ।
१०७) हे हाम्रो पालनकर्ता ! हामीलाई यहाँबाट मुक्ति देऊ अनि यदि तैपनि हामीले पुनः यस्तो गर्छौं भने निश्चय नै हामी अत्याचारी हुनेछौं ।
१०८) अल्लाहबाट आदेश हुनेछ, कि यसैमा तिरस्कृत भई बसिराख र मसित कुरा नगर ।
१०९) मेरा भक्तहरूमा केही यस्ता मानिसहरू थिए जसले भन्दैथिएः कि हे हाम्रो पालनकर्ता हामीहरूले ईमान ल्याइसकेका छौं तिमीले हामीलाई क्षमा गरिदेऊ, र हामीमाथि दया गर र तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
११०) तर तिमीले उनको उपहास गर्यौ, यहाँसम्म कि उनको कारण तिमीले मेरो सम्झना पनि बिर्सिहाल्यौ र तिमीेले उनीमाथि हाँस्दै गर्यौ ।
१११) आज मैले उनीहरूको धैर्यको प्रतिफल प्रदान गरेकोछु । उनीहरू आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।
११२) अल्लाह सोध्नेछः कि तिमी धर्तीमा कति वर्ष बस्यौ ?
११३) उनीहरूले भन्नेछन् कि हामी एक दिन वा एकदिनभन्दा पनि कम बस्यौं । गणना गर्नेवालाहरूसित सोधिहाल्नुस् ।
११४) अल्लाहले भन्नेछः कि (त्यहाँ) तिमी साह्रै नै कम बस्यौं । कति राम्रो हुनेथियो यदि तिमीले जानेको भए ।
११५) के तिमीले यो ठानेका छौ, कि हामीले तिमीलाई व्यर्थमा सृष्टि गरेका छौं र यो कि तिमीलाई हामीतिर फर्काइनेछैन ?
११६) अल्लाह, सच्चा सम्राट हो ऊ धेरै उच्च छ । उसबाहेक कोही अन्य सत्य पूज्य छैन, उही स्वामी हो, महिमाशाली सिंहासनको ।
११७) जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।
११८) र भन्नुस् कि हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदिनुस् र दया गर्नुस् तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
سورة المؤمنون
معلومات السورة
الكتب
الفتاوى
الأقوال
التفسيرات

سورةُ (المؤمنون) من السُّوَر المكية التي اهتمت بذِكْرِ دلائل وَحْدانية الله تعالى، كما اهتمت بذِكْرِ صفاتِ المؤمنين المفلحين؛ كما في فاتحة السورة الكريمة، وقد صح عن النبيِّ صلى الله عليه وسلم: أنَّ مَن أقامَ أوَّلَ عَشْرِ آياتٍ من سورة (المؤمنون) دخَلَ الجنَّةَ، وبالأخذِ بهذه الصفات التي ذكَرها الله للمؤمنين، تصلُحُ للعبد دنياه وآخرتُه، ويحقِّقُ معنى التوحيد التام.

ترتيبها المصحفي
23
نوعها
مكية
ألفاظها
1052
ترتيب نزولها
74
العد المدني الأول
119
العد المدني الأخير
119
العد البصري
119
العد الكوفي
118
العد الشامي
119

* قوله تعالى: {وَلَقَدْ أَخَذْناهُمْ بِالْعَذابِ فَما اسْتَكانُوا لِرَبِّهِمْ وَما يَتَضَرَّعُونَ} [المؤمنون: ٧٦]:

عن عبدِ اللهِ بن عباسٍ رضي الله عنهما، قال: «جاء أبو سُفْيانَ بنُ حَرْبٍ إلى رسولِ اللهِ صلى الله عليه وسلم، فقال: يا مُحمَّدُ، أنشُدُك اللهَ والرَّحِمَ؛ فقد أكَلْنا العِلْهِزَ - يعني: الوَبَرَ والدَّمَ -؛ فأنزَلَ اللهُ: {وَلَقَدْ أَخَذْناهُمْ بِالْعَذابِ فَما اسْتَكانُوا لِرَبِّهِمْ وَما يَتَضَرَّعُونَ} [المؤمنون: ٧٦]». أخرجه ابن حبان (٩٦٧).

* سورةُ (المؤمنون):

سُمِّيت سورة (المؤمنون) بذلك؛ لأنَّ فاتحتها أفصَحتْ عن ذِكْرِ صفات المؤمنين.

 * أنَّ مَن أقام أوَّلَ عَشْرِ آياتٍ من سورة (المؤمنون) دخَل الجنَّة:

عن عُمَرَ بن الخطَّابِ رضي الله عنه، قال: «كان إذا نزَلَ على رسولِ اللهِ ﷺ الوحيُ يُسمَعُ عند وجهِه دَوِيٌّ كدَوِيِّ النَّحْلِ، فمكَثْنا ساعةً، فاستقبَلَ القِبْلةَ، ورفَعَ يدَيهِ، فقال: «اللهمَّ زِدْنا ولا تنقُصْنا، وأكرِمْنا ولا تُهِنَّا، وأعطِنا ولا تَحرِمْنا، وآثِرْنا ولا تُؤثِرْ علينا، وارضَ عنَّا وأرضِنا»، ثم قال: «لقد نزَلتْ عليَّ عَشْرُ آياتٍ، مَن أقامَهنَّ دخَلَ الجنَّةَ»، ثم قرَأَ علينا: {قَدْ أَفْلَحَ اْلْمُؤْمِنُونَ} [المؤمنون: 1] حتى ختَمَ العَشْرَ». أخرجه الترمذي (3097).

* كانت تَتجلَّى صفاتُ رسول الله ﷺ من خلالِ هذه السورة:

فعن يَزيدَ بن بابَنُوسَ، قال: «دخَلْنا على عائشةَ، فقُلْنا: يا أمَّ المؤمنين، ما كان خُلُقُ رسولِ اللهِ ﷺ؟ قالت: كان خُلُقُه القُرْآنَ، تَقرَؤون سورةَ المؤمنين؟ قالت: اقرَأْ {قَدْ أَفْلَحَ اْلْمُؤْمِنُونَ}، قال يَزيدُ: فقرَأْتُ {قَدْ أَفْلَحَ اْلْمُؤْمِنُونَ} [المؤمنون: 1] إلى: {لِفُرُوجِهِمْ حَٰفِظُونَ} [المؤمنون: 5]، قالت: هكذا كان خُلُقُ رسولِ اللهِ ﷺ». أخرجه البخاري في " الأدب المفرد" (٤٨).

* هي السورةُ التي قرأها النبيُّ صلى الله عليه وسلم يومَ الفتحِ:

عن عبدِ اللهِ بن السائبِ رضي الله عنه، قال: «حضَرْتُ رسولَ اللهِ ﷺ يومَ الفتحِ وصلَّى في الكعبةِ، فخلَعَ نَعْلَيهِ فوضَعَهما عن يسارِه، ثم افتتَحَ سورةَ (المؤمنون)، فلمَّا بلَغَ ذِكْرَ عيسى أو موسى، أخَذَتْهُ سَعْلةٌ، فركَعَ». أخرجه أبو داود (٦٤٨).

جاءت سورةُ (المؤمنون) على ذِكْرِ الموضوعات الآتية:

1. صفات المؤمنين (١-١١).

2. أدلة وَحْدانية الله (١٢-٢٢).

3. الإيمان بالرسل، ومواقف أقوامهم منهم (٢٣-٥٢).

4. تفرُّق الأُمَم بعد رسلهم (٥٣-٧٧).

5. أدلة إثبات وَحْدانية الله وقدرته (٧٨-٩٨).

6. مِن مشاهِدِ يوم القيامة (٩٩- ١١٨).

ينظر: "التفسير الموضوعي للقرآن الكريم" لمجموعة من العلماء (5 /124).

ظهَر مقصودُ سورة (المؤمنون) في اسمها؛ وهو اختصاصُ المؤمنين بالفلاح، وقد دارت آيُها حول مِحوَرِ تحقيقِ الوَحْدانية، وإبطالِ الشرك ونقضِ قواعده، والتنويه بالإيمان وشرائعه؛ فكان افتتاحُها بالبشارة للمؤمنين بالفلاح العظيم على ما تحلَّوْا به من أصول الفضائل الرُّوحية والعلمية، التي بها تزكيةُ النَّفس، واستقامةُ السلوك.

ينظر: "مصاعد النظر للإشراف على مقاصد السور" للبقاعي (2 /303)، و"التحرير والتنوير" لابن عاشور (18 /6).