ترجمة سورة الطور

الترجمة النيبالية

ترجمة معاني سورة الطور باللغة النيبالية من كتاب الترجمة النيبالية.
من تأليف: جمعية أهل الحديث المركزية .

१) तूर (पहाड़) को कसम ।
२) र किताबको पनि जो लेखिएको छ ।
३) खुल्ला पानाहरूमा,
४) र आबाद घरको कसम ।
५) र उच्च छानाको (कसम) ।
६) र भड्काइएको समुन्द्रको (कसम) ।
७) निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
८) उसलाई कसैले रोक्न सक्नेछैन ।
९) जुन दिन आकाश कम्पित हुनेछ ।
१०) र पहाडहरू चलायमान हुनेछन् ।
११) त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
१२) जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
१३) जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
१४) यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।
१५) त के यो जादू हो अथवा तिमीले देख्दैनौ ?
१६) यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।
१७) जो संयमी छन्, उनीहरू स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।
१८) जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।
१९) तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।
२०) पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिएका छौं ।
२१) र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।
२२) र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।
२३) त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।
२४) उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।
२५) र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।
२६) भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।
२७) अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।
२८) यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।
२९) अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।
३०) के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।
३१) भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।
३२) के उनीहरूको बुद्धिले उनीहरूलाई यही सिकाउँदछ वा उनीहरू अट्टेरी नै हुन् ।
३३) के इन्कारीहरू भन्दछन् कि यस पैगम्बरले (कुरआनलाई) स्वयं रचिहालेको छ ? (होइन) साँचो कुरा यो छ कि तिनीहरूमा ईमान छैन ।
३४) यदि यिनीहरू साँचो छन् भने यस्तो एउटै वाक्य यिनीहरूले पनि ल्याउन् ।
३५) के यिनीहरूले कसैले सृष्टि नगरी आफै जन्मिहालेका हुन् वा स्वयं स्रष्टा हुन् ?
३६) के उनीहरूले नै आकाशहरू र धरतीको सृष्टि गरेका छन् ? (होइन) बरु यिनीहरू ईमान नल्याउने मानिस हुन् ।
३७) वा के उनीहरूको पासमा तिम्रो पालनकर्ताको खजाना छ ? वा उनीहरू नै त्यसको (खाजानाको) रक्षक हुन् ?
३८) वा के उनको पासमा कुनै सिंढी छ जसमाथि चढेर उनीहरू सुन्दछन् ? (यदि यस्तो छ) भने उनीहरूमध्ये जसले सुनिराखेको छ उसले त्यसबारेमा स्पष्ट प्रमाण ल्याओस् ।
३९) वा के अल्लाहको लागि सबै छोरीहरू छन्, र तिम्रा निम्ति छोराहरू ?
४०) वा तपाईले उनीहरूसित कुनै पारिश्रमिक माँग्नु हुन्छ जसको बोझले यिनीहरू थिचिदै गएका छन् ?
४१) के उनीहरूसंग अदृश्यको ज्ञान छ कि उनीहरू त्यसलाई लेखिहाल्छन् ?
४२) के उनीहरू कुनै चाल चल्न चाहन्छन् ? (तर) विश्वास गर्नु काफिर त स्वयम् दाउको चपेटमा पर्नेवाला छन् ।
४३) के अल्लाह बाहेक उनीहरूको अर्को कोही पूज्य छ ? (होइन) अल्लाह उनीहरूको शिर्कबाट पवित्र छ ।
४४) यदि उनीहरू आकाशको कुनै टुक्रा खसिराखेको देख्छन् भने, भन्नेछन् कि यो त पत्रमाथि पत्र परेको बादल हो ।
४५) तसर्थ उनीहरूलाई छाडिदेऊ, यहाँसम्म कि त्यो दिनको सामना होस् जसमा उनीहरू बेहोश पारिनेछन् ।
४६) जुन दिन उनको कुनै दाउपेच उनको काम आउँदैन र नत कहींबाट सहायता प्राप्त गर्नेछन् ।
४७) निःसन्देह अत्याचारीहरूको निम्ति यस बाहेक अरु यातना पनि छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
४८) तपाईले आफ्नो पालनकर्ताको आदेशको प्रतीक्षामा धैर्य गर्नुस्, तपाई त हाम्रो आँखा अगाडि हुनुहुन्छ । बिहान उठ्ने बेला आफ्नो पालनकर्ताको प्रशंसाको वर्णन गर्नुस् ।
४९) र राती पनि उसको गुणगान गर्ने गर्नुस् र ताराहरू अस्ताउँदा पनि ।
سورة الطور
معلومات السورة
الكتب
الفتاوى
الأقوال
التفسيرات

سورة (الطُّور) من السُّوَر المكية، نزلت بعد سورة (السَّجْدة)، وقد جاءت بتحذيرِ الكافرين من تحقيقِ وقوع العذاب بهم؛ ترهيبًا لهم من عاقبة كفرهم، كما أبانت عن صفاتِ أهل التقوى التي ينبغي أن نتصفَ بها، وبيَّنتْ جزاءَ الكفار، وسُوءَ عاقبتهم التي ينبغي أن نَحذَرَ منها، و(الطُّور): هو اسمُ الجبل الذي كلَّم اللهُ عليه موسى عليه السلام.

ترتيبها المصحفي
52
نوعها
مكية
ألفاظها
312
ترتيب نزولها
76
العد المدني الأول
47
العد المدني الأخير
47
العد البصري
48
العد الكوفي
49
العد الشامي
49

* سورة (الطُّور):

سُمِّيت سورةُ (الطُّور) بهذا الاسم؛ لافتتاحها بقَسَم الله بـ(الطُّور)، و(الطُّور): هو اسمُ الجبل الذي كلَّم الله عليه موسى عليه السلام.

* كان صلى الله عليه وسلم يقرأُ في المغرب بـ(الطُّور):

عن جُبَيرِ بن مُطعِمٍ رضي الله عنه: «أنَّه سَمِعَ النبيَّ ﷺ يَقرَأُ في المغرِبِ بالطُّورِ». أخرجه ابن حبان (١٨٣٣).

* كان صلى الله عليه وسلم يَقرأ (الطُّور) وهو بجانبِ الكعبة:

عن أمِّ المؤمنين أمِّ سلَمةَ رضي الله عنها، قالت: «شكَوْتُ إلى رسولِ اللهِ ﷺ أنِّي أشتكي، فقال: «طُوفِي مِن وراءِ الناسِ وأنتِ راكبةٌ»، فطُفْتُ ورسولُ اللهِ ﷺ يُصلِّي إلى جَنْبِ البيتِ، يَقرَأُ بـ {اْلطُّورِ * وَكِتَٰبٖ مَّسْطُورٖ}». أخرجه البخاري (٤٨٥٣).

1. تحقيق وقوع العذاب (١-١٦).

2. صفات أهل التقوى (١٧-٢٨).

3. مزاعمُ باطلة (٢٩-٤٦).

4. عاقبة المكذِّبين، وحفظُ الله لرسوله صلى الله عليه وسلم (٤٧-٤٩).

ينظر: "التفسير الموضوعي لسور القرآن الكريم" لمجموعة من العلماء (7 /468).

يقول البِقاعيُّ مشيرًا إلى مقصدها الأعظم - وهو إثبات وقوع العذاب بمَن عصى وكفَر -: «ومقصودها: تحقيقُ وقوع العذاب، الذي هو مضمونُ الوعيد المُقسَم على وقوعه في (الذَّاريَات)، الذي هو مضمون الإنذار المدلول على صدقِه في (ق)، وأنَّ وقوعه أثبَتُ وأمكَنُ من الجبال التي أخبر الصادقُ بسَيْرِها، وجعَل دَكَّ بعضِها آيةً على ذلك، ومِن الكتاب في أثبَتِ أوضاعه؛ لإمكان غَسْلِه وحَرْقِه، ومن البيت الذي يُمكِن عامِرَه وغيرَه إخرابُه، والسقفِ الذي يُمكِن رافِعَه وَضْعُه، والبحرِ الذي يُمكِن مَن سجَرَه أن يُرسِلَه». "مصاعد النظر للإشراف على مقاصد السور" للبقاعي (3 /28).